काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको उपनेतामा विजयकुमार गच्छेदार चयन भएका छन्। संसदीय दलको निर्वाचनमा विजयी भएलगत्तै सभापति शेरबहादुर देउवाले गच्छेदारलाई दलको उपनेतामा चयन गरेका हुन्। गच्छेदार प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अगाडि कांग्रेसमा प्रवेश गरेका थिए। आज भएको संसदीय दलको नेतामा गच्छेदारले नै सभापति देउवालाई प्रस्ताव गरेका थिए। सभापति देउवा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पराजित गर्दै दलको नेतामा निर्वाचित भएका हुन्। देउवाले ४४ मत र सिंहले १९ मत प्राप्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।