नयाँ दिल्ली (एजेन्सी)– सलमान खानका ज्वाइँ आयुष शर्मा अभिनीत पहिलो फिल्म ‘लवरात्रि’ को सुटिङ सुरु भएको छ। आयुष सलमान खानकी कान्छी बहिनी अर्पिताका पति हुन्।
अर्पिताले ट्वीट गरेकी छिन्– ‘आयुष उत्साहित, नर्भस र चिन्तित छन्।’ यही आइतबारबाट फिल्मको सुटिङ सुरु भएको छ। 'लवरात्रि' अक्टोबर ५ तारिखमा रिलिज हुनेछ।
फिल्ममा अभिनेत्री वारिना हुसेनले पनि डेव्यू गरेकी छिन्। फिल्मको निर्देशन अभिराज मीनावालाले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।