काठमाडौं- १ घन्टा जेल र १ रुपैयाँ जरिवाना तिरेर केही दिनअघि मात्रै छुटेका पत्रकार तथा मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा पुनः अर्को मुद्दा पनि दायर भएको छ।
भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिज आयुष विष्टले उनीविरुद्ध बुधबार गाली बेइज्जतीगरेको भन्दै मुद्दा दायर गरेका हुन्।
निर्मला पन्त बलात्कार र हत्यामा आफूमाथि छानबिन हुनुपर्ने, डिएनए जाँच गर्नुजस्ता कुरा भन्दै लेख्दै हिँडेकाले भण्डारीविरुद्ध मुद्दा दायर गर्न बाध्य भएको विष्टको भनाइ छ।
निर्मला बलात्कार हत्या काण्डमा गृहमन्त्रीका छोरादेखि मेयरका भतिजा विष्टसम्मको हात हुन सक्ने भन्दै उनले फेसबुकमा समेत स्टाटससमेत लेख्दै आएका छन्।
यसअघि जथाभावी लेखेको र बोलेकोजस्ता गतिविधि तुच्छ रहेको भन्दै कञ्चनपुर जिल्ला अदालतले १ घन्टा कैद र १ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। यो कैद र जरिवाना भण्डारीले भुक्तान गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।