काठमाडौं- प्रधानमन्त्री केपी ओलीले राजपा अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा सहभागी हुनका लागि गरेको प्रस्तावपछि राजपाका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्।
फोरमसँगको सहमति लम्बिइरहँदा प्रधानमन्त्री ओलीले आइतबारदेखि राजपाका संयोजक ठाकुरसँग संवाद थालेका छन्। ठाकुर निकट स्रोतका अनुसार ओलीले सरकारमा सहभागिताको प्रस्ताव राजपासँग गरेका छन्।
राजपा अध्यक्ष मण्डलका एक सदस्य राजेन्द्र महतोका अनुसार संसद बैठक सुरु भइसकेको अवस्थामा संशोधन प्रस्ताव ओली नेतृत्वको सरकारले अगाडि ल्याएमा सहमतिको वातावरण बन्न सक्छ। 'अब हामी कुनै लिखित सहमति गर्ने पक्षमा छैनौं, संसद सुरु भइसकेको छ,' महतोले भने, 'सरकारले सदनमा संशोधन प्रस्ताव ल्याएमा राजपा सरकारमा जाने बारेमा छलफल गर्न सकिन्छ।'
पछिल्लो समय संघीय समाजवादी फोरम नेपालसँग संशोधनको बारेमा सहमति कायम भए पनि मन्त्रालयको सन्दर्भमा भागबण्डा नमिल्दा सहमति प्रक्रिया लम्बिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।