काठमाडौं- कान्तिपुर दैनिकविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा जारी बयान सोमबार पनि सुरु हुँदै छ।
न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलाशमा आइतबारबाट बयान सुरु भएको थियो। आइतबार कान्तिपुर दैनिककी निर्देशक स्वस्तिका सिरोहियाको बयान सकिएको थियो। आज कान्तिपुर मिडिया गुप्रका अध्यक्ष कैलाश सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवालीको बयान लिइनेछ।
सबै विपक्षीहरुको बयान समाप्त भएपछि दुईतर्फी सुनुवाइ सुरु हुनेछ। बयान नसकिएमा मुद्दालाई निरन्तर राख्दै सुनुवाइ गर्ने तयारीमा सर्वोच्च अदालत रहेको छ।
अधिवक्ता तोयानाथ ढुंगानले दायर गरेको अवहेलना मुद्दामा बयान दिन सोमबार पनि उनीहरु बिहान १० बजे सर्वोच्च अदालत पुगेका थिए।
उक्त मुद्दामा पहिलो सुनुवाइ गर्दै प्रधानन्यायाधीश गोपाल पराजुली आफैले तीन दिनभित्र उपस्थित हुन आदेश जारी गरेका थिए। 'प्रधानन्यायाधीश पराजुलीको ४ वटा जन्ममिति!' शीर्षकमा कान्तिपुरमा छापिएको समाचारले अदालतको अवहेलना भएको भन्दै मुद्दा दायर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।