• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २२, २०८३ Sun, Nov 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

जन्मकैदको सजाय सुनाइएका पूर्वमन्त्री साहको सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा सुनुवाइ एकै पटक

64x64
नेपाल लाइभ बुधबार, मंसिर ११, २०७६  ११:५२
1140x725

काठमाडौं-  कुनै समय धनुषाको राजनीतिमा एकछत्र राज गरेको तर हाल जन्मकैदको सजायमा थुनामा रहेका पूर्वमन्त्री सञ्जयकुमार साह टक्लाको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको दुई मुद्दा एकै पटक सुनुवाइ सुरु भएको छ।

विशेष अदालतले मंगबारबाट टक्लाको मुद्दा सुनुवाइ सुरु गरेको हो। न्यायाधीशहरु  कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले टक्लाको दुई मुद्दा सुनुवाइ सुरु गरेको हो। यसअघि विशेष अदालतले जनकपुर बम विस्फोटनको मुद्दामा थुनामा रहेका टक्लाको मुद्दामा पुर्पक्षका लागि बहस गरेको थियो। कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका उनलाई विशेषले अन्तिम सुनुवाइ थालेको हो।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टक्लासहित सात जना विरुद्ध २०७३ पुस २५ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। टक्लाले मन्त्री र सांसद हुँदा साढे ३१ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको दावी अख्तियारले गरेको थियो। भ्रष्टाचार मुद्दा दायर भएको करिब एक वर्षपछि २०७४ चैत १६ गते साह सहित १३ जना विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो। साहले गैरकानुनी क्रियाकलापबाट सम्पत्ति आर्जन गरेको र त्यसलाई लुकाउन अन्य १३ प्रतिवादीले साथ दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो।

साढे ३१ करोडकाे भ्रष्टाचार  मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्जय साह विरुद्ध अवैध रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा समेत मुद्दा दायर गरेको थियो।

व्यवस्थापिका संसदका सदस्य (सभासद) तथा पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जयकुमार साहले सार्वजनिक पद धारण गरेदेखि सो पदमा बहाल रहँदा आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसियत अमिल्दो उच्च जीवनयापन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

साहविरुद्ध अख्तियारमा उजुरीपछि छानविन गर्दा उनको सम्पत्ति अस्वभाविक देखिएको छ। आयोगले अनुसन्धान गर्दा दुई पटक संविधान सभा तथा व्यवस्थापिका संसदका सदस्य (सभासद) भएर, भौतिक योजना तथा निर्माण राज्यमन्त्री भएको बेला समेत साहले सार्वजनिक पद धारण गरेपछि अस्वभाविक रुपमा सम्पत्ति लुकाएको अख्तियारको दावी थियो।

साहले आफू तथा परिवारका सदस्यहरुका नाममा रहेका कम्पनी तथा व्यावसायिक फर्महरुका कारोबार,ती कम्पनी तथा व्यावसायिक फर्मका कर्मचारीहरुका नामबाट भएका आर्थिक कारोबार  गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो।
आय आर्जन गरेको वैध आयको तुलनामा ३१ करोड ५० लाख २६ हजार ५ सय ५९ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको र त्यसलाई परिवारको नाममा राखेर लुकाएको अख्तियारको अभियोगमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

अख्तियारले साहलाई बिगो ३१ करोड ५० लाख २६ हजार कायम गरी असुल गर्न र  भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय गर्न माग गरेको छ।

 ३२ करोड ४ लाखको सम्पत्ति शुद्धीकरण मुद्दा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७४ चैत २६ गते विशेष अदालतमा साह विरुद्ध दोस्रो मुद्दा दायर गरेको थियो। विभागले साहले गैरकानुनी रुपमा डर धम्की देखाएर चन्दा र जबरजस्ती असुली मार्फत सम्पत्ति आर्जन गरेको दावी गरेको थियो सम्पत्ति शुद्धिकरण विभागले सञ्जय साहका नाममा रहेका विभिन्न सम्पत्तिहरु रोक्का गर्दै अनुसन्धान गरेको थियो।

साहले आर्जन गरेको सम्पत्ति आफन्त तथा सहयोगीहरुको नाउँमा हस्तान्तरण गरेको विभागको दावी थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

साहको बैंक खाताको विवरण विश्लेषण गर्दा निरन्तर नगद लेनदेनको कारोबार भएको अन्य व्यक्तिको सम्पत्तिको अनुसन्धान गर्नुपर्ने भएको, जिल्ला प्रहरी कार्यालय धनुषाबाट आफ्नो कार्यक्षेत्र भित्र बसोबास गर्ने निज साहको घर परिवारतर्फका सहयोगी र कामदारको नामनामेसी सहित विवरण प्राप्त भएको विभागको आरोपपत्रमा उल्लेख छ।

विभागले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति तथा साधन बाबु साधुसाह सुडी, आमा दुलारी देवी साह, श्रीमती रंगीलाकुमारी साह, भाइरामकुमार साह, मनोजकुमार सिंह, निलम सिंह, राममिलन राउत कुर्मी, ओम प्रकाश यादव, सुजितकुमार पाण्डे समेतका कूल १२ जना प्रतिवादीहरु समेतको मिलेमतोमा  लुकाएको दावी गरेको थियो।

साहले  घरजग्गा, फर्म, कम्पनीको सेयर, सवारी साधनहरुमा लगानी गरी अपराधजन्य कार्यबाट आर्जित सम्पत्तिको गैरकानुनी स्रोत लुकाइछिपाइ नयाँ कानुनी स्रोत, स्वामित्व समेत सिर्जना गरी वैधानिक स्रोतको देखाई सम्पत्ति शुद्धीकरण गर्ने बदनियतले साविक सम्पत्ति शुद्धीकरण गरेको विभागको आरोपपत्रमा उल्लेख छ।

जन्मकैदको फैसलाले थुनामा
जनकपुर बम काण्डका प्रमुख योजनाकार भनिएका तत्कालीन सभासद एवं पूर्व राज्यमन्त्री सञ्जय साह (टकला)लाई धनुषा जिल्ला अदालतले दोषी ठहर गर्दै  २०७५ चैतमा जन्मकैदको फैसला सुनाइएको थियो।

७ वर्षअघि जनकपुरधामको रामानन्द चोकमा मिथिला आन्दोलनका क्रममा गराइएको बम विस्फोटको मुद्दामा अन्तिम सुनुवाइ गर्दै जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो।

जिल्ला अदालतले साहसहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको थियो। जिल्ला अदालतले पूर्वमन्त्री साहलाई मुख्य योजनाकारको रुपमा स्वीकार गरेको छ।

जन्मकैदको सजाय पाउनेहरुमा अर्जुनसिंह विद्यार्थी भनिने मुकेश चौधरी, राजनमुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण, रिपेन्द्र झा रहेका छन्।

विसं २०६९ साल वैशाख १८ गते मिथिला राज्य संघर्ष समितिको आह्वानमा जनकपुरको रामानन्द चोकमा भएको विरोध कार्यक्रमका क्रममा बम विस्फोट भएको थियो। सो विस्फोटमा परी ५ जनाको मृत्यु भएको थियो। विस्फोटमा कलाकार रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको मृत्यु भएको थियो।

आरोपित साह २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमका तर्फबाट धनुषा- ४ मा विजयी भएका थिए। यसैगरी दोस्रो संविधानसभामा तत्कालीन सद्भावना पार्टीका तर्फबाट धनुषा- ३ मा विजयी भएका थिए। पहिलो संविधानसभा निर्वाचनपछि मधेसी जनअधिकार फोरम विभाजित भएर फोरम लोकतान्त्रिक बनेसँगै सोही पार्टी प्रवेश गरेका साह भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री बन्न सफल भएका थिए।

प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६  ११:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत शनिबार, कात्तिक २१, २०८३
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ शनिबार, कात्तिक २१, २०८३
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित शनिबार, कात्तिक २१, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
वार्नर–साहिलको शतकीय साझेदारी, काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्