काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ। अस्पताल स्रोतका अनुसार प्रधानमन्त्रीकाे स्वास्थ्यमा हिजो भन्दा आज निकै सुधार भएको छ।
स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्रीलाई भेन्टिलेटरबाट बाहिर निकालिएकाे छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार प्रधानमन्त्री ओलीको 'एपेन्डिसाइटिस'को आकस्मिक शल्यक्रिया गरी भेन्टिलेटरमा राखिएको थियो।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल पुर्याइएको थियो। परीक्षणमा उनलाई 'पेरिटोनाइटिस' (पेटमा संक्रमण) पनि देखिएपछि तुरुन्तै 'ल्यापरोटोमी' गरिएको थियो। प्रधानमन्त्री ओलीलाई डा रमेशसिंह भण्डारीको टोलीले शल्यक्रिया गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।