काठमाडौं- निजी मेडिकल कलेजहरुले विद्यार्थीसँग बढी लिएको शुल्क समायोजन वा फिर्ता गर्ने भएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको लामो छलफलपछि निजी मेडिकल कलेजका सञ्चालकहरु शुल्क फिर्ता वा समायोजन गर्न सहमत भएका हुन्।
शिक्षामन्त्री गिरिराजमणि पोखरेल, विश्वविद्यालयका उपकुलपतिहरु, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, शिक्षा मन्त्रालयका सचिव र निजी मेडिकल कलेजका सञ्चालकहरुको छलफलले शुल्क समायोजनका विषयमा २ बुँदे निर्णय गरेको हो।
शिक्षा मन्त्रालयमा छलफल हुनुअघि गृह मन्त्रालयमा भएको अर्को छलफलमा शुल्क फिर्ता नगरे बुधबारबाट पक्राउ गर्ने निर्णय भएको थियो।
गृहको उक्त निर्णयपछि शिक्षा मन्त्रालयमा साँझबाट पुनः छलफल सुरु भएको थियो। छलफल राती ११ बजेमात्र निर्णयमा पुगेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।