• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २५, २०८३ Thu, Jul 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एक ‘विद्रोही’ खेलाडीको बहिर्गमन!

सागमा पदकको आश तर अस्पतालको बास
64x64
ऋग्वेद शर्मा मंगलबार, मंसिर १०, २०७६  १३:४१
1140x725

काठमाडौं- नेपाली बक्सिङ नियाल्नेले मनोहर बस्नेत अर्थात ‘म्याक्स’को खुबी त बुझेकै छन्। उनले बक्सिङ रिङमा देखाउने खेल मात्रै होइन रिङबाहिरको स्वभाव पनि खेल पदाधिकारी र प्रशिक्षकलाई राम्रो थाहा छ। 

यसैले त केही गलत देख्दा अरु खेलाडी जस्तो चुप लागेर बस्न नसक्ने म्याक्सलाई ‘विद्रोही’को पगरी गुथाइएको छ।

विरोधको आवाज उठाउँदा नै म्याक्सले एक वर्षको घोषित प्रतिबन्ध तीन वर्ष झेले। बक्सिङबाटै बहिष्कार गर्ने अरु प्रपञ्च त कति कति! 

१३औँ दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङ रिङ उत्रिन म्याक्सले उसैगरी लामो ‘विद्रोह’ पार गर्नुपरेको थियो। तर, खेल आउनै लाग्दा उनी अभ्यासमा होइन अस्पताल धाउनु परिरहेको छ। 

लामो समयको पर्खाइमा आफूभित्र सञ्चित ऊर्जा म्याक्सले रिङमा उतार्न पाउने भएनन्। देशको लागि एउटा गर्वको क्षण जित्ने अवसर फेरि पनि टाढियो। उनी बक्सिङको १७ वर्षे यात्रामा राष्ट्रका लागि पहिलोपटक रिङ उत्रँदै थिए। 

सधैँ अब्बल देखिने म्याक्स यसअघि देशका लागि खेल्ने विभिन्न १४ प्रतियोगिताको अवसरबाट बञ्चित थिए। यसपटक पाएको अवसर पनि चोटका कारणले नखेलेको १५औँ प्रतियोगिता हुनपुग्यो। 

‘साग सफल पारौँ, जित्छौँ, हामी जित्छौँ, नेपालको जय होस्’।

nimb
nimb
Ncell 2
Ncell 2

गएको शुक्रबार स्वयम्भूमा सागको उद्घाटनमा दीप प्रज्वलन गरिने ओलम्पिक टर्च  र्‍याली सुरु गर्दा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेश सिलवालले उपस्थित सबैमाझ लगाएको नारा हो यो। 

सदस्य सचिवले ‘जित्छौँ, हामी जित्छौँ’को नारा लगाइरहँदा सागमा नै स्वर्ण पदकमा आश गरिएका बक्सिङ खेलाडी म्याक्स भने जावलाखेल अल्का अस्पतालको बेडमा उपचार गराइरहेका थिए। सागमा पदक जित्ने बलियो मनस्थिति भएका उनी अभ्यासका क्रममा नै घाइते भए।

एक बक्सिङ खेलाडीको घुँडामा चोट लागेर घाइते भएको सुन्दा बुझ्नेहरु हाँस्दा हुन्। अभ्यासको तौरतरिका मिलेन या खेलाडीले नै हेलचक्र्याइँ गरेको थियो? स्वर्ण पदक दिलाउन सक्ने एक खेलाडी अन्तिम समयमा किन खेल छाड्न बाध्य भए त?

घुँडामा लागेको चोटका कारण म्याक्स अहिले बिहान बेलुका नै थेरापी गराइरहेका छन्। डाक्टरले ७ हप्ता पूरा आराम गर्नुपर्ने बताएका छन्। 

यसले म्याक्सको जीवनबाटै बक्सिङ निकालिदिन लागिपरेकाहरु रमाउन पाए। खेल छाडेर भागेको भने। कतिले घाइते नै भए पनि म्याक्स रिङ उत्रियोस् भन्ने चिताए। धेरैले नेपालको नामबाट हराएको एक स्वर्ण पदक झलझली देखे। तर, बाँच्नुको रहस्य खेलसँग जोडेका एक खेलाडी राष्ट्रका लागि खेल्ने सपनाबाट टाढिन पर्दा कस्तो हुन्छ, त्यो उनैलाई मात्र थाहा छ।

म्याक्स हार मान्ने स्वभावका होइनन्। ललितपुर लुभु बिसुण्डोलमा कक्षा ७ पढ्ने बेलादेखि म्याक्सले बक्सिङभन्दा दोस्रो केही सोचेका छैनन्। २०५८ सालदेखि प्रतियोगिता नै खेल्न थालेका उनले खेलाडी नै भएर बक्सिङ रिङमा नै धेरैलाई गोदे, कतिको गोदाइ पनि खाए। तर पाएका केही छैनन्। यसपटक पनि देशका लागि खेलेर केही पाउने अवसर म्याक्सको सम्झनामा मात्रै रहने भयो। 

राष्ट्रिय प्रतियोगिताहरुमा १४ पटकभन्दा बढी त विजेता भइसकेका म्याक्सले नेपालको प्रतिनिधित्व गर्न नपाएको कुरा पत्यार नहुने नै छ। गएको पाँच वर्षदेखि व्यावसायिक बक्सिङमा पनि लागिरहेका म्याक्सले अहिले राम्ररी बुझेका छन्- बक्सिङको लडाइँ अरुसँगको प्रतिस्पर्धा होइन, आफैसँगको हो। आफैलाई जितेर अगाडि नबढी हुँदैन। साग छाडेर उपचारमा लागिरहँदा अहिले उनी आफैँसँगको लडाइँमा छन्।

म्याक्सलाई व्यावसायिक बक्सिङमा देखेको सपना पूरा गर्नुछ। त्यसैले रिङमा कमब्याक गर्ने बलियो योजना छ। आफ्ना लागि मात्रै होइन अरु नेपाली बक्सरका लागि पनि अझै लड्नुपर्छ भन्ने उनलाई लाग्छ। 

‘मैले पाएको एउटा मौका गुमाएँ भन्ने त लागिरहेको छ। मलाई जति पीडा त कसलाई छ होला र! यत्रो वर्ष खेल्न पाउँ भनेर नै कति संघर्ष गरेँ, पुलिस थाना पुगिन कि, अड्डा अदालत गइनँ कि, आमरण अनसन बस्छु भनेर लागिनँ कि, मर्छु मार्छु भनेर लागिनँ कि, तर अब खेल आउने बेलामा छाड्नुपरेको छ’ बलिया म्याक्स भावुक सुनिए। 

कसैले सागबारे प्रश्न गर्दा नै म्याक्सलाई पीडा हुन्छ। नसोधिदिए हुने जस्तो लाग्छ। घाइते भएपछिका केही दिन त उनको दिमागमा ठूलो द्वन्द्व चल्यो। यत्रो प्रयास गरेर त खेल्न पाइएन अब जिन्दगी छाडिदिउँ जस्तो सोचे। आफ्नै ब्यागमा मुड्कीले हानेर आवेश शान्त पारे। के गर्ने के नगर्नेको प्रश्न उत्तरमा मन रुमल्लिरह्यो। 

तारन्तरको मानसिक सवाल जवाफमा उनले सोचे- ‘नेपालको लागि अहिले खेल्न नपाए पनि पछि रिङमा फर्कने बाटोहरु त छन् नि। हार मान्नु हुँदैन, आफूलाई अगाडि बढाउनुपर्छ। सागमा खेल्न पाइएन भन्ने दुःख त मलाई मरुञ्जेल रहिरहन्छ। यो पीडा मैले भन्दा बाहेक अरुले बुझ्न पनि सक्दैन। तर भविष्य बाँकी छ, केही काम त गर्छु नै।’ 

म्याक्सले पाँच वर्षअगाडि नै व्यावसायिक बक्सिङ सुरु गरिसकेको थिए। नेपालमा बक्सिङ खेलेर राम्रो कमाउनु पर्छ भन्ने उनको पुरानो सोच हो। यसपटक सागमा त उनी रिङमा गए मात्र पनि कास्य पदक त पक्का जस्तो थियो। गुरुले नै पनि भन्छन्- ‘म्याक्स उभिए मात्र पनि तेस्रो पदक त पक्का छ।’ यसले उनको व्यावसायिक बक्सिङको सोचलाई बढाउन पनि फाइदा नै गर्ने थियो। तर, सोचे जस्तो भएन। 

हुन त म्याक्स तेस्रो पदकका लागि खेल्ने खेलाडी होइनन्। ‘गो फर गोल्ड, बोल्दै नबोल’ भनेजस्तो म्याक्स सिधै स्वर्ण पदककै लागि दाबेदारी दिन्छन्। यसैले होला पदाधिकारीहरु म्याक्स घाइते भए भन्दा पनि नेपालका लागि एक स्वर्ण पदक घट्यो भन्ने चिन्तामा परे। उनलाई घाइते भएरै पनि खेलिदियोस् भन्ने सोचे। 

‘तर रिङमा खेल्दा मेरो अभ्यासको अप्ठ्यारोले अझ लामो समय इन्जुरी हुनसक्छ जस्तो लाग्यो। अहिलेको लागि मात्र सोचेर भएन। भविष्य पनि त हेर्नुपर्छ नि। मैले भविष्यमा रिङमा आउनै नसक्ने गरी खेल्नु पनि त भएन’ म्याक्स भन्छन्- ‘भोलि ठूलो अपरेसन गर्नुपर्दा खर्च कहाँबाट जुटाउने? अहिले त साथीभाइसँग जोहो गरेर उपचार गराइरहेको छु।’

घुँडाको चोटसँगै म्याक्सको मनमा लागेको चोट अझ गहिरो छ। देशका लागि खेल्ने तयारीमा घाइते हुँदा पनि वेवास्तामा परेकाले दुःख लागेको छ। उपचार खर्च त परको कुरा सान्त्वनाका शब्दसम्म पाएका छैनन्। 

‘चोटका कारण बाहिर हुनुपरेको एक खेलाडीको पीडा बुझेनन् भने त्यो राम्रो होइन। अहिले त मैले खेल्न नसकेर बाहिर भएको हुँ। तर यसअघि टिमबाहिर पर्दा उनीहरु कहाँ थिए? मलाई खेल्न लगाउन उनीहरुले अहिले मिटिङ गर्नु मिल्छ त? सक्ने भए म खेल्दिन थिएँ होला? एक बक्सिङ खेलाडीले रिङमा जाने अवसर यत्तिकै छाड्छ?’ म्याक्ससँग प्रश्नहरु धेरै छन्। 

म घाइते भएको यस्तो अवस्थामा त उहाँहरुले उपचारको लागि सहयोग गर्ने कुरा पो गर्नुपर्ने हो। तर उपचारमा एक रुपैयाँ पाएको छैन। साथीभाइसँग खोजेर जोहो गरिरहेको छु। 

म्याक्सले आफू घाइते भएकाले खेल्न नसक्ने व्यहोराको पत्र मुख्य प्रशिक्षकमार्फत पठाएका छन्। त्यसमा ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद सबैलाई बोधार्थ गरेको उनी बताउँछन्। 

‘मेरो विकल्प खोज्नुस्, म घाइते छु भनेर खेलाडी आफैले भन्नुपर्ने कुरा हो र? कसको अवस्था के छ, अभ्यासमा के भइरहेको छ भन्ने याद हुँदैन?’ उनले भने, ‘खेलकुद परिषदले अभ्यास हुँदा दिएको दिनको २७ सय रुपैयाँ त खान बस्न नै ठिक्क थियो। उपचार कसरी भइरहेको होला भनेर एकपटक सोच्नुपर्ने होइन त! पदक जितेपछि दिइने पैसा मात्र ठूलो कुरा हो र?’ 

निराश देखिएका म्याक्स भन्छन्- ‘यो देशले खेलकुदका लागि गरेको साग नै होइन जस्तो लागिरहेको छ। भौतिक संरचना र तयारीहरु राष्ट्रिय खेलकुद गर्न लागेजस्तो लाग्छ। अर्बौं रुपैयाँ खर्च गरेर देशले गर्न लागेको खेल उत्सवमा सामान्य मानिसहरु जोडिएकै छैनन्।’

यसो भन्दै गर्दा म्याक्सलाई सन् १९९९ मा नेपालमा नै भएको आठौँ सागको सम्झना हुन्छ। ‘आठौँ साग भइरहेको बेला उद्घाटन हेर्न रंगशाला जान नपाएर हामीलाई कति नरमाइलो लागेको थियो। कत्ति दिन अघिदेखि नै साग हुँदै छ भनेर उत्साहित हुन्थ्यौँ। तर अहिले त्यस्तो केही देखिँदैन।’

विशेष अभ्यासका लागि कराते टोलीलाई पोखरा लग्नुअघि नै काठमाडौंमा भएको अभ्यासमा म्याक्सलाई चोटको आभास भएको थियो। अभ्यासमा धेरै दौडाउँदा घुँडामा समस्या आएको हो कि जस्तो उनलाई लाग्छ। ‘हुन त खेल हो कहिँलेकाहिँ यत्तिकै पनि चोट लाग्न सक्छ। तर त्यो चोटलाई त मैले जित्छु भन्ने नै थियो। त्यसपछि पनि आराम गरिगरि निरन्तर अभ्यास गरिरहँदा पोखरामा अझ चोट थपियो। थेरापि गराउँदा गराउँदै पनि खेल्दा त्यस्तो भएको हो’ उनले भने।

म्याक्सलाई चिन्ता छ- ‘जीवनभर यो भारी बोकेर बाँच्न त सजिलो छैन। आफ्नो मनमा सधैँ रोइरहन पर्छ।’

सम्हालिन उनी आफैले सोचेका छन्- ‘यसअघि जितेकाहरु पो कहाँ छन् र? कसले सम्झिएका छन् तीनलाई?’ 

‘मेरो खेलको धेरै भोक त मरिसकेको छ। बक्सिङका पहिलेका पुस्करध्वज शाही, दलबहादुर राना मगर, मन्जुजंग शाही, लक्ष्मण सम्शेर थापा जस्ता मान्छेको नाममा एउटा बक्सिङ प्रतियोगितासम्म भएको छैन। प्रतियोगिताहरु नेताका परिवारका नाममा हुन्छन्। यो सबै देख्दा असाध्यै दुःख लाग्छ। साग खेलेर पनि के नै होला त जस्तो हुन्छ’ उनले सुनाए, ‘नेपालबाट स्वर्ण नै जितेर आएका खेलाडीहरुको अवस्था पनि कमजोर नै त छ। हामी खेलाडीहरु पदाधिकारीले मोज गर्ने साधन मात्रै भइरहेका छौँ। खेलाडीहरु कहाँ कुन अवस्थामा छन् त?’

अहिले सागकै लागि अभ्यास गर्ने हल पनि खेलाडीहरु आफैले सफा गरे। त्यसबेला उनलाई लागिरह्यो, ‘खेलाडीले आफ्नो अभ्यास गर्ने ठाउँ सफा गर्नुपर्ने हो र? खेल आइसक्यो अभ्यास गर्ने ठाउँ छैन, हल छैन यस्तो अवस्थामा ‘मेरो खेलाडी’ भनेर पदाधिकारीले मोज मात्रै गर्ने त? देश विदेश घुम्ने मात्रै? लाजमर्दो कुरा हो नि।’

अभाव, बेथिति र आफैसँगको संघर्षमा बढीरहेका म्याक्स जे जस्तो आइपरे पनि रोकिने भने छैनन्। कमजोर पार्नेहरुलाई जित्दै बढ्ने उनको बलियो अठोट छ। शरीरले साथ दिएसम्म बक्सिङ रिङबाट नबाहिरिने आत्मविश्वास पनि। तर चिन्ता छ– साग खेल्न नपाएको बोझ वर्षौं बोकिरहन पर्दा कति भारी होला? जनमभर बोकेर मर्नुपर्ने त्यो भारीले कस्तो पार्ला?
 

प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६  १३:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ बिहीबार, असार २५, २०८३
सुनचाँदीको मूल्य घट्यो बिहीबार, असार २५, २०८३
आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने बिहीबार, असार २५, २०८३
निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री शाह बिहीबार, असार २५, २०८३
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सम्पत्ति शुद्धिकरणको आरोपमा अर्जेन्टिना फुटबल संघमाथि एफबीआईको अनुसन्धान बुधबार, असार २४, २०८३
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बुधबार, असार २४, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने बुधबार, असार २४, २०८३
सभामुखलाई राजेन्द्र राईको चुनौती : कुरा बुझिसकेँ, खुट्टी हेरिसकेँ, तपाईंले ५ वर्ष संसद् चलाउनुहुन्न ! बुधबार, असार २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्