काठमाडौं- नेप्सले आइतबार एकैदिन चार कम्पनीको सेयर मूल्य समायोजन गरेको छ। सिद्धार्थ बैंक, देव विकास बैंक, प्राइम लाइफ इन्स्योरेन्स र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो।
सिद्धार्थ बैंकको समायोजनपछिको मूल्य नेप्सेले ३ सय १२ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ४ सय २ रुपैयाँ दिएको थियो। बैंकको १२ दशमलब ७२ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो।
देव विकास बैंकको ४० प्रतिशत हकप्रद सेयरपछिको मूल्य नेप्सेले १ सय ४९ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य १ सय ७४ रुपैयाँ दिएको थियो।
त्यस्तै, आइतबार नै प्राइम लाइफ इन्स्योरेन्सको पनि मूल्य समायोजन भएको छ। समायोजनपछि कम्पनीको मूल्य नेप्सेले ६ सय ३२ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ९ सय २ रुपैयाँ दिएको थियो। कम्पनीको १ सय ६० प्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन भएको हो।
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको ५० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ। संस्थाको समायोजनपछिको मूल्य २ हजार ५३ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य १ हजार ७६ रुपैयाँ दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।