काठमाडौं- प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी ४४ जना सांसदले आज मातृभाषामा सपथ लिने भएका छन्। संवैधानिक व्यवस्था अनुसार आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यको संख्या प्रतिनिधसभामा ३८ र राष्ट्रियसभामा ६ पुगेको छ।
भोजपुरी, मैथिली, अवधि, तामाङ, थारु, मगर र हिन्दी भाषामा शपथ लिन चाहेको भन्दै प्रतिनिधिसभामा निर्वाचित सांसदले सचिवालयलाई जानकारी गराएका थिए। यस्तै, राष्ट्रियसभाका ६ सदस्यले मातृभाषामा शपथ लिने भनी निवेदन गरेका थिए। संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले सचिवालयले मातृभाषामा शपथ लिन चाहे त्यसको जानकारी गराउन भनी सूचना निकालिएको बताए।
कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित तीन दिनअगावै संघीय संसद्को महासचिवलाई उपलब्ध गराउनुपर्ने कानुनी प्रावधान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।