• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

विश्वकप र एक दिवसीय मान्यताको सँघारमा नेपाल

64x64
नेपाल लाइभ आइतबार, फागुन २०, २०७४  ०३:५२
1140x725

जिम्बावेमा आइतबारदेखि सुरु हुने आइसिसी एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको नेपाल अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धिको सँघारमा छ। आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ बाट उपविजेता हुँदै डिभिजन–१ मा उक्लेको नेपाललाई विश्वकप छनोट प्रतियोगिता भने त्यति सहज हुनेछैन। 

नेपालका लागि विश्वकपमा छनोट हुनु नै मुख्य लक्ष्य भए पनि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट मान्यता प्राप्त गर्नु अर्को महत्वपूर्ण लक्ष्य हुनेछ। विश्वकपमा छनोट हुन सके स्वत: एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछ भने विश्वकपमा छनोट हुन नसकेको अवस्थामा पनि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताको प्रवल सम्भावना हुनेछ। केवल २ राष्ट्रले मात्र अवसर प्राप्त गर्ने भएकाले विश्वकपमा छनोट हुन नेपालले कठिन प्रतिस्पर्धा गर्नुपर्नेछ। यही प्रतियोगिताले निर्धारण गर्ने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट मान्यताको नेपाल धेरै नै नजिक छ। 

एक दिवसीय मान्यताको सम्भावना

विश्वकप छनोट प्रतियोगितामा कुल १० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। जसमध्ये वेस्ट इन्डिज, जिम्बावे, अफगानिस्तान र आयरल्यान्ड टेस्ट क्रिकेट मान्यता प्राप्त राष्ट्र हुन्। नेदरल्यान्ड्सले विश्व क्रिकेट लिग च्याम्पियनसिपको विजेताको हैसियतमा एक दिवसीय मान्यता प्राप्त गरिसकेको छ। यीबाहेक बाँकी रहेका ५ एसोसिएट राष्ट्र नेपाल, स्कटल्यान्ड, युएई, हङकङ र पपुवा न्युगिनी मध्येबाट शीर्ष–३ मा रहने राष्ट्रले एक दिवसीय मान्यता प्राप्त गर्नेछन्।

नेपालको समूहमा जिम्बावे, अफगानिस्तान, स्कटल्यान्ड र हङकङ छन्। समूह चरणका शीर्ष ३ टिम सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। एक दिवसीय मान्यताका लागि भिड्ने ५ राष्ट्र मध्येबाट ४ वा ५ वटै राष्ट्र सुपर सिक्स चरणमा प्रवेश गर्ने सम्भावना एकदमै न्यून छ। सुपर सिक्स चरणमा यी राष्ट्रमध्येबाट बढीमा २ टिम प्रवेश गर्न सक्ने सम्भावना छ। तसर्थ समूह चरण पार गरी सुपर सिक्स चरणमा प्रवेश गर्ने एसोसिएट राष्ट्रले स्वत: एक दिवसीय मान्यता प्राप्त गर्न सक्ने सम्भावना प्रबल छ। नेपालका लागि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट मान्यता प्राप्त गर्ने पहिलो र सबैभन्दा भरपर्दो  बाटो सुपर सिक्स नै हो। 

पहिलो सम्भावना

समूह चरणका ४ खेलमध्ये कम्तिमा ३ खेल जित्न सकेमा नेपाल सहजै सुपर सिक्स चरणमा प्रवेश गर्नेछ। यसका लागि नेपालले समूह चरणका खेलमा कम्तिमा स्कटल्यान्ड र हङकङसँगका २ खेलमा विजय हासिल गर्नुपर्नेछ। यस्तै, जिम्बावे र अफगानिस्तानसँगका खेलमा कम्तिमा १ खेलमा उलटफेर गर्न सकेको खण्डमा नेपालको सुपर सिक्ससम्मको यात्रा थप सहज हुने देखिन्छ। 

दोस्रो सम्भावना

Ncell 2
Ncell 2
nimb
nimb

समूह चरणमा उच्च रनरेटका साथ २ खेल जितेको खण्डमा पनि नेपाल सुपर सिक्समा पुग्न सक्नेछ। यसका लागि रनरेट अन्य प्रतिस्पर्धीको तुलनामा उच्च हुनु पर्नेछ।

तेस्रो सम्भावना

यसका अतिरिक्त समूह चरणमा कुल १० खेलमध्ये जिम्बावे र अफगानिस्तानले खेल्ने कुल ७ खेलमा अन्य कुनै राष्ट्रले अंक लिन सफल नभएको खण्डमा बाँकी रहेका ३ राष्ट्र नेपाल, स्कट्ल्यान्ड र हङकङबीचमा २ खेल जित्ने राष्ट्र वा उच्च रन रेटमा रही १ मात्र खेल जित्ने राष्ट्र पनि सुपर सिक्स चरणमा प्रवेश गर्न सक्ने सम्भावना रहन्छ।

चौथो सम्भावना

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सुपर सिक्समा पुग्न नसकेको खण्डमा पनि नेपालको एक दिवसीय मान्यताको सम्भावना भने जीवित नै रहन्छ। सुपर सिक्स बाहेकका ४ टिम अन्तिम ७ देखि १०औं बरीयताका लागि प्लेअफ प्रतिस्पर्धा गर्नेछन्। एक दिवसीय मान्यताका लागि प्रतिस्पर्धा गर्ने ५ राष्ट्रमध्येबाट सुपर सिक्समा प्रवेश गर्ने संख्याले प्लेअफबाट सो मान्यता प्राप्त गर्न सक्ने सम्भावनामा असर गर्नेछ। सामान्य अवस्थामा सुपर सिक्सबाट बाहिरिएको अवस्थामा पनि नेपालले आफ्नो पहिलो प्ले अफमा जित हासिल गर्न सकेको खण्डमा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट मान्यता प्राप्त गर्ने प्रवल सम्भावना हुनेछ।

विश्वकप क्रिकेटको सपना

सुपर सिक्समा प्रवेश गर्ने राष्ट्रले समूह चरण पार गर्ने अन्य राष्ट्रलाई हराए बापतको अंक पुन: सुपर सिक्समा गणना हुने हुनाले यो चरणमा दुवै समूहका शीर्षस्थ टोलीको विश्वकप छनोटको सम्भावना प्रवल रहन्छ। अर्को समूह पार गरेका ३ राष्ट्रसँग प्रतिस्पर्धा गरी समग्रमा उच्च अंक प्राप्त गर्ने २ राष्ट्र विश्वकप क्रिकेटका लागि छनोट हुनेछन् र यस छनोट प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। तसर्थ यो चरण नेपालका लागि अत्यन्त कठिन छ, तर असम्भव छैन।

पहिलो सम्भावना

४ अंकसहित (सुपर सिक्समा प्रवेश गर्ने अन्य दुई राष्ट्रलाई पराजित गरेको अवस्था) सुपर सिक्समा प्रवेश गर्न सकेको खण्डमा नेपालले सुपर सिक्सका ३ खेलमध्ये कम्तिमा २ खेलमा जित हासिल गर्न सकेको खण्डमा विश्वकप क्रिकेटका लागि छनोट हुनेछ। यस अवस्थामा एउटा मात्र खेल जितेको अवस्थामा पनि छनौटको सम्भावना जीवित रहन्छ। 

दोश्रो सम्भावना

२ अंकसहित सुपर सिक्समा प्रवेश गरेमा (सुपर सिक्समा प्रवेश गर्ने दुई राष्ट्रमध्ये कुनै एकलाई पराजित गरेको अवस्था) विश्वकपमा सहज छनौटका लागि नेपालले सुपरसिक्सका ३ वटै खेलमा जित हासिल गर्नुपर्ने हुन्छ। तथापि २ वटा खेलमा मात्र विजय हासिल गर्न सकेको खण्डमा पनि विश्वकप छनोटको सम्भावना जीवित नै रहन्छ। यसमा अन्य राष्ट्रहरुको जित र रनरेटको तुलनाले मुख्य भूमिका निर्वाह गर्नेछ।

तेस्रो सम्भावना

अंक विहीन रुपमा सुपर सिक्समा प्रवेश गरेमा (सुपर सिक्समा प्रवेश गर्ने दुई राष्ट्रसँगै पराजित भएको अवस्था) विश्वकपमा छनौटको सम्भावना अत्यन्त न्यून हुनेछ। छनौटको सम्भावना कायम राख्नका लागि नेपालले सुपर सिक्सका ३ वटै खेलमा जित हासिल गर्नुपर्ने हुन्छ। यसमा पनि अन्य राष्ट्रको जित र रनरेटको तुलनाले मुख्य भूमिका निर्वाह गर्नेछ।

विश्वकप छनोटको सम्भावना बलियो बनाउनका लागि नेपालले समूह चरणबाट सुपर सिक्समा प्रवेश गर्न सक्ने प्रवल सम्भावना भएका जिम्बावे र अफगानिस्तानमध्ये कम्तिमा एउटासँग जित निकाल्न सक्नुपर्छ। त्यसपछि सुपरसिक्सका ३ खेलमा कम्तिमा २ खेलमा जित हासिल गर्न सक्नुपर्छ। समग्रमा समूह चरण र सुपरसिक्स समेत गरी कम्तिमा ३ खेलमा जितको अंक प्राप्त गर्न सकेको खण्डमा विश्वकपमा छनौटको सम्भावना रहन्छ। 

क्रिकेट अनिश्चितताको खेल हो, त्यसमा पनि स्कटल्यान्ड  र हङकङले समेत निरन्तर रुपमा उच्च स्तरको प्रदर्शन गरिरहेका छन्। यी राष्ट्रले पनि विश्वकप छनोटका लागि बलियो दाबेदारी प्रस्तुत गरिरहेका छन्। तसर्थ समूह चरण र सुपर सिक्स चरणको प्रतिस्पर्धा अनुमान विपरीत पनि हुन सक्छ। सामान्यतया जिम्बावेलाई आफ्नो घरेलु मैदान र समर्थकको लाभ मिल्नेछ भने अफगानिस्तानले अभ्यास म्याचमा वेस्ट इन्डिजलाई पराजित गरिसकेको छ।

वर्षा निर्णायक

विश्वकप क्रिकेट छनोटमा खेलका अतिरिक्त वर्षाको पनि महत्वपूर्ण भूमिका हुने प्रष्ट छ। पछिल्लो समय जिम्बावेमा भइरहेको वर्षाका कारण नेपालले एउटा अभ्यास खेल गुमायो भने अर्को अभ्यास खेल केबल २९ ओभरमा मात्र सीमित रह्यो। प्रतियोगिताको अवधिमा सम्पूर्ण खेलहरु सञ्चालन होलान् भन्नेमा आशंका नै छ। तसर्थ वर्षाको कारण खेल बराबरीमा टुंगिएको खण्डमा अंक बाँडिने हुँदा यसले समग्र समूहको समीकरणमा नै असर गर्नेछ। नेपालका लागि तुलनात्मक रुपमा बलिया मानिएका अफगानिस्तान र जिम्बावेसँगका खेलहरु वर्षाले प्रभावित भएको खण्डमा लाभ मिल्न सक्नेछ भने स्कटल्यान्ड र हङकङसँगका खेलहरुमा अंक बाढ्नु परेमा अफ्ठ्यारो स्थिति सृजना हुन सक्छ।

नेपालको रणनीति

प्रशिक्षक र कप्तानको धारणालाई विश्लेषण गर्दा प्राथमिक रुपमा नेपालले सुपर सिक्सको लक्ष्य बनाएको छ, जसले नेपाललाई सहजै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट मान्यता दिलाउनेछ। दुवैले विश्वकप सम्मको कठिन यात्रालाई बुझेका छन् तर नेपालको प्रथमदृष्टि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट मान्यता नै हो। सधैंझै नेपालको कमजोरी ब्याटिङ नै छ। त्यसमा पनि ओपनिङ साझेदारी भरपर्दो नहुँदा मध्यक्रमका ब्याट्सम्यानलाई निकै दबाब हुने गरेको छ। नयाँ ब्याटिङ प्रशिक्षकले ब्याटिङको रणनीति परिवर्तन गर्ने संकेत दिइसकेका छन्। टी-२० मा चम्किएका रोहितकुमार पौडेल वा दीपेन्द्रसिंह ऐरी मध्येबाट ओपनिङ गराई ज्ञानेन्द्र मल्ललाई मध्यक्रममै ब्याटिङ गराउनु उपयुक्त हुने देखिन्छ।

यस स्तरको प्रतिस्पर्धामा नेपालले ब्याटिङमा पनि अब्बल प्रदर्शन गर्नु आवश्यक छ। जिम्बावेका पिचहरु फास्ट र स्पिन बलर दुबैका लागि सहायकप्रद हुने गरेका छन्। नेपाली बलिङको धार नै स्पिन बलिङ हो। त्यसमा पनि प्रतिस्पर्धी राष्ट्रहरु तीव्र गतिको बलिङमा अभ्यस्त भएको सन्दर्भमा नेपाली स्पिन बलरहरु सन्दीप लामिछाने, शक्ति गौचन, बसन्त रेग्मी, ललित राजवंशीले खेलको परिणाम नै आफ्नो पोल्टामा पार्ने किसिमको प्रदर्शन गर्न सक्छन्। नेपालले औसत रुपमा २ सय २० देखि २ सय ५० सम्म रन बनाउन सकेको खण्डमा बलरहरुले पनि सोही अनुरुप दबाबरहित रुपमा प्रदर्शन गर्न सक्नेछन्। 

समग्रमा अनुभवी टेस्ट मान्यता प्राप्त राष्ट्रहरु वेस्टइन्डिज र जिम्बावेको खस्कँदै गैरहेको प्रदर्शन, एक दिवसीय प्रतियोगिताको सन्दर्भमा नेपाल र अन्य बाँकी राष्ट्रहरुको क्षमतामा ठूलो अन्तर नहुनु, नेपालको सुधारिँदै गइरहेको प्रदर्शन र आत्मबलका कारण नेपालले विश्वकप खेल्ने सपना पूरा गर्न सक्छ। विश्वकपमा छनोट हुन नसकेको अवस्थामा पनि नेपालले एक दिवसीय मान्यता प्राप्त गर्ने सम्भावना छ। यस्तो सुनौलो अवसर नेपाली क्रिकेटको इतिहासमा बारम्बार प्राप्त हुन सक्दैन। एक दिवसीय मान्यता मात्र पनि प्राप्त गर्न सकेको खण्डमा नेपाली क्रिकेटले ठूलो फड्को मार्नेछ र यससँगै जोडिएर आउने सहयोग र उच्च स्तरको क्रिकेटमा हुने संलग्नताले नेपालमा क्रिकेटको संस्थागत विकासमा अहं भूमिका निर्वाह गर्नेछ। 

रमेशजंग कुँवर 
[email protected]

प्रकाशित मिति: आइतबार, फागुन २०, २०७४  ०३:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्