• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

क्यान्सर : ७० प्रतिशत कारण व्यक्तिगत जीवनशैली र खानपानका

64x64
नेपाल लाइभ आइतबार, फागुन २०, २०७४  ०४:५०
1140x725
Ncell 2
Ncell 2
nimb
nimb
max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

क्यान्सर भनेको कुनै पनि कोषिकाको अनियन्त्रित वृद्धि भएको अवस्था हो । यसका विभिन्न कारण हुन सक्छन् । ठ्याक्कै यस कारणले क्यान्सर हुन्छ भन्दा पनि यी कारणले हुन सक्छन् भन्ने केही तथ्य पत्ता लागेका छन् । विभिन्न अध्ययनले क्यान्सर हुने सम्भाव्य कारण औंल्याएका छन् । क्यान्सरका कारणमध्ये ७० प्रतिशत व्यक्तिगत जीवनशैली र खानपानका कारणले हुन्छ । त्यसैले जीवनशैली र खानपान परिवर्तन गर्दा ७० प्रतिशत क्यान्सरको जोखिम घटाउन सकिन्छ ।

तथ्य र तथ्यांक
ग्लोबल क्यान्सर स्ट्याटिक्सले विश्वमा बर्सेनि १४ लाख नयाँ बिरामी पत्ता लाग्ने गरेको देखएको छ । नेपालमा अस्पतालको पहुँचमा १२ हजार क्यान्सरका बिरामी रहेको मानिन्छ । क्यान्सरबारे जनचेतना कमी भएकाले पनि बिरामीहरू अस्पतालको पहुँचमा पुग्न सकेका हुँदैंनन् । उपचार महंगो भएकाले पनि कतिपय बिारमी अस्पताल पुग्न सक्दैनन् । क्यान्सरका कारण हुने समग्र मृत्युमध्ये ७० प्रतिशत अल्पविकसित र कम विकसित देशमा हुने गरेको तथ्यांकहरूले देखाएका छन् ।

विश्वभर क्यान्सरका कारण हुने महिला मृत्युमध्ये स्तन, फोक्सो, पेट, कोलोरेक्टल र पाठेघरको क्यान्सर प्रमुख पाँच कारण मानिन्छ । यसैगरी क्यान्सरका कारण हुने पुरुषको मृत्युमध्येमा फोक्सो, पेट, कलेजो, कोलोरेक्टल र अन्ननलीको क्यान्सर प्रमुख पाँच कारण रहेका छन् । नेपालमा पुरुषहरूमा फोक्सोको क्यान्सर सबैभन्दा बढी देखिएको छ भने महिलाहरूमा  स्तन क्यान्सर बढी देखिएको छ ।

नेपालमा पनि क्यान्सरको अवस्था भयावह छ । अन्तर्राष्ट्रिय तथ्याङ्कलाई आधार मानेर हिसाब गर्दा नेपालमा बर्सेनि ३० हजार नयाँ क्यान्सरका बिरामी देखा पर्ने गरेका छन् ।

क्यान्सर हुनुका मुख्य कारणमा करिब ३५ प्रतिशत सूर्तिजन्य पदार्थको प्रयोग, ३५ प्रतिशत रातो मासु र बढी बोसोजन्य मासुको उपयोग, ५  प्रतिशत रक्सी, अर्को ५ प्रतिशत भाइरस, १० प्रतिशत वंशाणुगत तथा बाँकी १० प्रतिशत विकिरण र अन्य कारणले हुन्छ भनिएको छ । त्यसैले करिब ७० प्रतिशत क्यान्सरको जोखिम हामीले रोक्न सक्छौं ।

सूर्तिजन्य पदार्थको सेवनले फोक्सोको क्यान्सर हुन्छ । रातो मासु, चिल्लोपना, सागपात कम खानेलाई, बढी वजनको कारणले फाबइर कम भई लामो आन्द्राको क्यान्सर गराउने खतरा बढाउँछ । बढी तौल हुनुका कारणले महिलामा बढी मात्रामा क्यान्सर देखिएको छ । यसैगरी रक्सी सेवन गर्नेलाई  पाचनप्रणाली र कलेजोको क्यान्सर हुने संभावना हुन्छ ।

बढी तौल अस्वस्थ जीवनशैलीका कारण हुन्छ । शारीरिक अभ्यास नगर्दा र खानपानमा ध्यान नपु¥याउँदा बडीमास इन्डेक्स बढ्छ । महिलामा बढी तौल हुँदा प्रायजसो क्यान्सरको संभावना बढी देखिएको अध्ययनले देखाएको छ ।

मानिसहरू क्यान्सर लाग्छ कि भनेर सचेत हुने गरेको पाइन्छ । यहीकारण अनेक भ्रम फैलिएको पाइन्छ । तर यसबारे थाहा पाउनुपर्ने कुरा भने पाएको देखिदैन । कतिपय सामान्य मुसा वा गिर्खा आउँदा पनि क्यान्सर भएको हुनसक्ने भनेर आत्तिने गरेका छन् भने कतिपयमा यसबारे जानकारी नै नहुँदा उपचार नगरी  मृत्युवरण गरिसकेका हुन्छन् ।  

क्यान्सरका कारक
क्यान्सर गराउन सक्ने प्रमुख कारण सूर्तिजन्य पदार्थको सेवन हो । हाम्रो समाजमा चुरोट, खैनी, बिंडी, तमाखुको प्रयोग धेरै नै हुने गरेको छ । यसले फोक्सो, मुख, खानेनली आदिको क्यान्सर गराउँछ ।
सूर्तीपछि मदिरा क्यान्सरको दोस्रो कारक तत्व हो । अत्यधिक मदिराले विभिन्न रोग निम्त्याउनुका साथै क्यान्सरको संभावना बढाउँछ ।

क्यान्सर हुनसक्ने  कारणमध्ये अस्वस्थ खानपान अग्रपंतिमा आउँछ । जंकफुड, चिल्लोपिरो बढी भएका, विषादी प्रयोग गरिएका खानेकुरा क्यान्सर निम्त्याउने कारक तत्व मानिन्छन् । प्याकेटमा राखिएको, बट्टा अथवा ‘क्यान्ड फूड’मा ‘प्रेजर्भेटिभ’ हालिएको, कृत्रिम गुलियो राखिएको खानेकुरालाई क्यान्सर जोखिम बढाउने कुरामा राखिएको छ । प्राय सबै परिस्कृत मासुमा मिसाइने सोडियम, नाइट्रेटले मासुलाई ताजा र बासनादार बनाए पनि यसमा क्यान्सर बनाउने तत्व रहने गरेको विभिन्न अध्ययनमा देखिएको छ । धुवाँमा पोलेको मासुमा अँगार हुने भएकाले यो खानेनली र फोक्सोको क्यान्सरको कारक हो । रातो मासुले कोलोन क्यान्सरको खतरा बढाउँछ । अमेरिकामा ५० देखि ७४ वर्ष उमेरका १ लाख ५० हजार मानिसमा गरिएको अध्ययनमा  रातो मासु खानेमा कोलोन क्यान्सरको खतरा देखिएको थियो ।

सुगरयुक्त सोडाले तौल बढाई मोटोपन निम्त्याउँछ । मोटोपनका कारण पनि क्यान्सर हुने संभावना धेरै हुन्छ ।

चेतना, रोकथाम र उपचार
कतिपयमा क्यान्सर भएपछि उपचार नै हुँदैन भन्ने भ्रम पनि छ । क्यान्सर भएको सुरुमै थाहा पाइयो भने उपचार हुन्छ । अहिले त धेरै हदसम्म क्यान्सरको उपचार नेपालमै सम्भव छ । निको नहुने अवस्थामा पुगेको क्यान्सरमा पनि विभिन्न प्रकारका तनाव र असहजताका साथै दुखाइ कम गराएर बाँचुन्जेल आरामसाथ बाँच्न सघाउन सकिन्छ । जसले बाँचुन्जेल ‘क्वालिटी अफ लाइफ’ राम्रो बनाउँछ  । यसलाइृ पेलिएटिभ केयर भनिन्छ ।

क्यान्सरको नराम्रो पक्ष भनेको यसले दुखाई वा अन्य कुनै समस्या नल्याइकन पनि  बढिरहन सक्छ । यसले गर्दा पहिलो चरण पत्ता लगाउन  कठिन हुन्छ र बिरामीहरू क्यान्सर फैलिसकेको अवस्थामा मात्रै अस्पताल आइपुग्छन् । तर  यो हुने संभावना बारे पहिल्यै जानकारी हासिल गर्न सकिन्छ । विशेष गरी महिलामा हुने स्तन र पाठेघरको मुखको क्यान्सर हुने संभावना जाँच हुने प्रविधिको विकास भएको छ ।
क्यान्सरको बारेमा पर्याप्त रुपमा ग्रामीण तहसम्म जनचेतना पुग्न सकेको छैन । यसबाट जोगिन आफ्नो जीवनशैली सुरुदेखि नै स्वस्थ राख्नुपर्छ भन्ने जानकारी सबै ठाउँमा पु¥याउन जरुरी छ । विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर र स्तन क्यान्सर सजिलैसँग प्रारम्भिक जाँच गराएर पत्ता लगाउन सकिन्छ । त्यसैले यी क्यान्सरहरूको स्क्रिनिङ टेस्टका बारेमा जनचेतना जगाउन जरुरी छ ।

पाठेघरको मुखको क्यान्सर लाग्नुभन्दा धरै अगाडि नै पत्ता  लगाउन सकिन्छ । पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन पाठघरको मुखको पानी निकाली टेष्ट (प्याप स्मेयर)  गरी १० वर्ष अगाडि नै क्यान्सर हुन्छ कि हुँदैन भनेर पत्ता लगाउन सकिन्छ ।

यो क्यान्सर ह्युमन प्यापिलोमा भाइरसद्धारा हुन्छ । यदि स्क्रिन गरी यो क्यान्सर  देखिएमा पाठेघर नै निकाली क्यान्सरबाट जोगिन सकिन्छ । अहिले यसका लागि भ्याक्सिन पनि बनेको छ । जुन नेपालमा पनि उपलब्ध छ ।

स्तन क्यान्सरका लागि मेमोग्राम गरिन्छ  र ठूलो आन्द्राको क्यान्सरका लागि दिसाको जाँच र क्लोनोस्कोपी गरिन्छ ।

नेपालमा क्यान्सरको उपचार वीर, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पताल र मणिपाल अस्पताल पोखरामा हुन्छ । अहिले निजी क्षेत्रमा पनि केही अस्पताल क्यान्सर उपचार सेवा दिइरहेका छन् ।
सरकारले क्यान्सर रोगीलाई उपचारको दायरामा ल्याउन एक लाख रुपैयाँ  अनुदान दिएको छ । यो पर्याप्त नभएपनि केही हदसम्म सहयोग पुगेको छ ।

यी तथ्यहरूका आधारमा हामीले जीवनशैली परिवर्तन गर्न सक्यौं भने ७० प्रतिशत क्यान्सरको जोखिमबाट जोगिन सकिन्छ । त्यसैले हरेक व्यक्तिले वर्षको एकपल्ट आफ्नो स्वास्थ्य जाँच गराउनु उपयुक्त हुन्छ ।
महिलाहरूको स्तन र पाठेघरको र महिला पुरुष दुवैले ठूलो आन्द्राको जाँच गराउन जरुरी छ । क्यान्सरका उपचार विभिन्न तरिकाले गरिन्छ । जसमा सर्जरी रेडियसशन थेरापी, केमोथेरापी, हर्माेनथेरापी आदिको प्रयोगले गरिन्छ ।
क्यान्सर रोग विशेषज्ञ डा चापागाइँ वीर अस्पतालमा कार्यरत छिन् ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०७४  ०४:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्