काठमाडौं- २००७ को प्रजातान्त्रिक जनक्रान्तिका योद्धा एवं जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषित गर्न माग गरिएको छ। १०९औँ जन्मजयन्तीका अवसरमा माइतीघर मण्डलमा शुक्रबार आयोजित कार्यक्रमका वक्ताले उनको योगदानको चर्चा गरे।
रामप्रसाद राई स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष देवी घिमिरे, महासचिव देवान राई र सल्लाहकार जय छाङ्छाले २००७ को क्रान्तिमा राईको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै सरकारले उनलाई यथाशीघ्र राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरे।
१९६५ फागुन १८ गते भोजपुरको बासिखोरामा जन्मिएका राई १५ वर्षकै उमेरमा १९८० मा इष्टइन्डिया कम्पनीमा भर्ना भएका थिए। ९ वर्ष सैन्यसेवामा कार्यरत उनी पाकिस्तानको क्वेटाबाट राजीनामा दिई स्वदेश फर्किए र नेपाली सेनामा प्रवेश गरे। पछि राणा विरोधी जनक्रान्तिमा होमिएका उनी सिंहदरबार विद्रोहपछि रहस्यमय ढंगले बेपत्ता पारिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।