• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

संवाद केन्द्रले बदलिएको किशोरीहरूको जीवन

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ६, २०७६  २१:५९
1140x725

रोल्पा- रोल्पा लुंग्री गाउँपालिका–१ पाङकी लालसरा पुन १८ वर्षकी भइन्। गाउँकै विद्यालयमा कक्षा १० पढ्दै गरेकी उनी हरेक साँझ गाउँमा सञ्चालन भएको संवाद केन्द्र जान्छिन्। २ घण्टा गाउँघरका सामाजिक मुद्दाबारे साथीहरूसँग छलफल गरेर घर फर्किन्छिन्।

सोही गाउँकी १६ वर्षीया अर्की किशोरी लिला पुन कक्षा ६ मा पढ्छिन्। आर्थिक अवस्था कमजोर भएर तीन वर्ष पढाइ छाडेकी उनी यसै वर्षबाट पुनः कक्षा ६ मा भर्ना भएकी हुन्। गाउँमा संवाद केन्द्र स्थापना भएपछि उनले छाडेको पढाइलाई समेत निरन्तरता दिन थालेकी हुन्। राम्रो गायक बन्ने सपना बुनेकी उनको समाजसेवी बन्ने धोको पनि छ।

लालसरा र लिला जस्ता १८ वर्षमुनिका किशोरीहरूलाई समाजमा देखिने सामाजिक मुद्दाबारे बहस, छलफल र अन्तरक्रिया गर्ने भन्दै लुंग्री गाउँपालिका वडा नं. १ र २ ले संवाद केन्द्र स्थापना गरेका छन्। 

दिनभर विद्यालय अध्ययन गरेर हरेक साँझ उनीहरू संवाद केन्द्र जान्छन्। बालविवाह, बहुविवाह, मादक पदार्थ सेवन, घरेलु हिंसा, लैंगिक विभेद, जातीय विभेद, जुवा तास तथा अन्धविश्वास जस्ता मुद्दाबारे बहस छलफल गर्छन्। उनीहरूको सहजीकरणका लागि हरेक संवाद केन्द्रमा एक जना सहजकर्ताको व्यवस्था गरिएको छ। 

सहजकर्ताले सहजीकरण सिपबारे एक गैर सरकारी संस्थाबाट ८ दिनको तालिम पनि लिएकी छन्। सहजकर्ताको सहजीकरणमा उनीहरूले समाजमा देखिएका सामाजिक समस्याहरूको सूची तयार गर्छन्। तयार पारिएका सूचीले समाजमा पारेको प्रभावको आधारमा स्तरीकरण समेत गरेका छन्। समस्या स्तरीकरणका आधारमा सबै सबालहरूलाई दैनिक रुपमा बहस छलफल गर्छन्। त्यति मात्र हैन ती सवाल समाधानका लागि समुदाय र टोलमा सचेतीकरणका लागि घरदैलो भेटघाट, सडक नाटक जस्ता कार्यक्रम पनि आफैं सञ्चालन गर्छन्। 

संवाद  केन्द्र होस् वा घरघरमा भेट हुँदा नै किन नहोस्, मुट्ठी कसेर एकले अर्कालाई ‘जय संवाद’ भनेर अभिवादन गर्छन्। समूहमा मिलेर काम गर्ने हो भने जस्तो सुकै समस्या पनि समाधान गर्न सकिन्छ भन्ने भावना छ उनीहरूमा। 

संवाद केन्द्रमा उनीहरूले व्यक्तिगत सपना र पारिवारिक कार्ययोजना बनाउने गर्छन्। जीवनमा आफ्नो लक्ष्य के हो किटान गरेर त्यसलाई प्राप्त गर्न कार्ययोजना बनाउने गर्दछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सपना पूरा गर्न काम पनि गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ उनीहरूमा। ‘कार्ययोजना बनाएर सोहीअनुसार काम गर्ने बानीको विकास भएको छ,’ परिवर्तन संवाद केन्द्रका सहजकर्ता रीमा पुनले भनिन्, ‘मादक पदार्थ सेवनको समस्या अधिक रहेका कारण अधिकांश किशोरीले पारिवारिक योजना अन्तर्गत मादक पदार्थ सेवन न्यूनीकरण राखेका छन्।’ 

संवादले उनीहरूमा सकारात्मक सोचको विकासका साथै जीवन उपयोगी सिपको समेत विकास भएको महसुस भएको छ। आफ्नै कक्षाकी एक साथीसँग झगडा गरेर लामो समय समेत बोलचाल बन्द गरेकी लालसरा पुनले अचेल बोलचाल गर्न थालेकी छन्। 

केन्द्रमा भएको कार्यक्रमको प्रभावले आफूमा व्यावहारिक रुपमै परिवर्तन आएको पुनले बताइन्। घरमा बुबा आमा लगायत परिवारका धेरै सदस्यले मादक पदार्थ सेवन गरेर हैरान भएकी उनी अहिले विस्तारै लतबाट कम गराउन सफल भएकी छन्।
पारिवारिक कार्ययोजनामा परिवारका सदस्यलाई मादक पदार्थ सेवन न्यूनीकरण गर्ने योजना राखेकी उनले यस विषयमा परिवारमा परामर्श गर्ने गर्छिन्। 

संवाद केन्द्र जान थालेपछि आएको परिवर्तनले ३ वर्षअघि पढाइ छाडेकी साही गाउँकी लिला पुनः  विद्यालय भर्ना भएको बताउँछिन्। ‘घरको आर्थिक अवस्था कमजोर हुँदा कक्षा ६ मा पढ्दा पढ्दै पढाइ छाडेकी थिएँ। संवाद केन्द्रको प्रभावले मलाई फेरि पढ्नुपर्छ भन्ने भावना जागेका कारण पढाइ सुरु गरेको छु,’ पुनले भनिन्। 

संवाद केन्द्रको नाममा रोल्पाको लुंग्री गाउँपालिका वडा नं. १ र २ मा २५ वटा संवाद केन्द्र सञ्चालनमा रहेको बताइएको छ। ‘संवाद केन्द्र सम्बन्धित वडा कार्यालयहरूको समन्वयमा स्थापना भए पनि कक्षा सञ्चालनका लागि व्यवस्थापन समिति गठन गरिएको हुन्छ,’ लुंग्री गाउँपालिका २ का वडाध्यक्ष अमृत घर्तीमगरले भने, ‘यसले किशोरीहरूको नेतृत्वमा बालविवाह न्यूनीकरण, मादक पदार्थ सेवन विरुद्ध अभियानमा सहयोग गरेको छ।

संवाद केन्द्र सञ्चालनले आफूहरूको अभियानलाई सहयोग गरिरहेको गाउँपालिका १ का वडाध्यक्ष मति पुनको भनाइ छ। ‘दबाबले मान्छेमा परिवर्तन दिगो नहुने सिकाइका आधारमा छोरीहरूकै परामर्शबाट बुबा आमालाई मादक पदार्थ सेवनमा छुटकरा दिने प्रयास सार्थक  बन्दै गएको छ,’ पुनले भने, ‘बालविवाह न्यूनीकरणमा समेत किशोरीहरूको कृयाशीलता बढ्दा सकारात्मक प्रभाव देखिन्छ।’ 

संवाद केन्द्र सञ्चालनका लागि मानव अधिकार सचेतना केन्द्र नामक स्थानीय गैर सरकारी संस्थाले स्ट्रम फाउण्डेशनको सहकार्यमा सहयोग गरिरहेको छ। 

प्रकाशित मिति: शुक्रबार, मंसिर ६, २०७६  २१:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
चार संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज ६, २०८३
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता मंगलबार, असोज ६, २०८३
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्