आङ्करा- उत्तरपश्चिमी सिरियाको आफ्रिन प्रान्तमा ८ जना टर्कीका सैनिक मारिएका छन् भने १३ जना घाइते भएका छन्।
उक्त क्षेत्रमा बिहीबार बिहान भएको एक झडपमा परी ८ टर्किस् सैनिक मारिएका बताइएको छ। टर्कीको सैनिक स्रोतले बिहीबार सो जानकारी दिएको समाचारमा उल्लेख छ।
सो क्षेत्रमा स्थानीय विद्रोही र टर्किस् सैनिकबीच भिडन्त भएको थियो। टर्कीको सेनाले प्रकाशन गरेको विज्ञप्ति अनुसार टर्किस् सेनाको ‘ओपसन ओलिभ ब्रान्च’ले सिरियाको आफ्रिनमा सुरु गरेको कारबाहीका क्रममा ज्यान गुमाउने सैनिकको संख्या ४० पुगेको बताइएको छ।
सो क्षेत्रमा केही दिनदेखि टर्कीको सेनाले हवाई कारबाही पनि गर्दै आएको समाचारमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।