काठमाडौं- कुमारी बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच 'बैंकासुरेन्स' सेवा प्रदान सम्बन्धी सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा कुमारी बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले शुक्रबार हस्ताक्षर गरेका हुन्। सो सेवा अन्तर्गत बैंकका ग्राहकले एभरेस्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन्।
सो सेवा कुमारी बैंकका सम्पूर्ण शाखाबाट उपभोग गर्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।