काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यालयमा एक शक्तिशाली क्याबिनेट मन्त्री राख्ने भएका छन्। प्रधानमन्त्री कार्यालयलार्य प्रभावकारी रुपमा संचालन गर्न मन्त्री राख्न लागिएको हो।
ओलीले यसअघि विभिन्न मन्त्रालयहरु मातहत रहेका विभागहरुलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद् मातहत ल्याउने निर्णय गरिसकेका छन्।
बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, सम्पती शुद्धिकरण अनुसन्धान विभाग जस्ता शक्तिशाली निकायलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको हो।
अनुसन्धान विभाग गृह मन्त्रालय मातहत थियो। जून प्रभावकारी हुन नसकेको भन्दै आलोचना हुँदै आएको थियो। अन्तराष्ट्रिय प्रलचन अनुसार सो विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको एक अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।