लागोस, नाइजेरिया- नाइजेरियामा 'लासा ज्वरो'का कारण अहिलेसम्मकै सबैभन्दा धेरै ७२ जनाको मृत्यु भएको छ।
दक्षिण अफ्रिकी देशमा पाइने एक प्रकारको मुसा (मस्टोमिस) को पिसाब वा उसलाई छोएका कारण लाग्ने रोगलाई डब्लुएचओले लासा ज्वरोको संज्ञा दिएको छ। प्रयोगशालामा परीक्षण गर्दा ३१७ जनामा लासा ज्वरो पुष्टि भएको र तीमध्ये ७२ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।
नयाँ वर्षको समयदेखि सुरु भएको यस्तो ज्वरो नाइजेरियाका १८ राज्यमा फैलिएको नाइजेरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ। रोग नियन्त्रण केन्द्रले सबै प्रदेशहरुमा खानपानमा उच्च सतर्कता अपनाउन नाइजेरियाली नागरिकहरुलाई आह्वान गरेको छ।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।