इलाम- नेपाल विद्युत् प्राधिकरण इलामले लामो समयदेखि विद्युत् महसुल नबुझाउने सरकारी कार्यालयको लाइन धमाधम काट्न थालेको छ।
तीन महिनाभन्दा लामो समयसम्म विद्युत् महसुल नतिर्ने मालपोत कार्यालय, आदर्श मावि, घरेलु तथा साना उद्योग विकास समिति, शीतभण्डारको लाइन काटिएको प्राधिकरणका इलेक्ट्रिक सुपरभाइजर तारा एक्तेनले जानकारी दिए। सबैभन्दा बढी इलाम नगरपालिकाको शीतभण्डारले रु ७ लाख २८ हजार बक्यौता तिरेको छैन।
त्यसैगरी मालपोत कार्यालयको रु ५९ हजार ९५१, आर्दश माविको रु २० हजार ५००, घरेलु तथा साना उद्योग विकास समितिको रु १० हजार ९६७ विद्युत् महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ।
साउनयता बक्यौता रहेको जिल्लाका इलाम, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका र सन्दकपुर गाउँपालिकाका ३७४ जना ग्राहकको विद्युत् लाइन काटेकोमा ३७२ ले जरिवानासहितको रकम तिरेर पुनःलाइन सुचारु गरेको सुपरभाइजर एक्तेनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।