काठमाडौं– नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले ६ मन्त्रीहरुलाई सपथ खुवाएकी छिन्।
त्यस्तै, तीन राज्यमन्त्रीहरुलाई राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले सपथ खुवाएका छन्।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित थिए।
बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट, रामेश्वर राय यादव बुधबार मन्त्रीमा नियुक्त भएका हुन्।
राज्यमन्त्रीमा रामवीर मानन्धर र नवराज रावत नियुक्त गरिएको छ।
नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात, भुसाललाई कृषि मन्त्रालय, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन र पार्वत गुरुङलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्राय, रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्रीको जिम्मेवारी दिइएको छ।
बुधबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। उनले मन्त्रिपरिषद्का ९ मन्त्रीहरुलाई पदमुक्त गरेका छन् र ९ जना नयाँ मन्त्रीहरुलाई भित्र्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।