• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मन्त्रिपरिषद् पुनर्गठनमा देखिएका तीन चित्र

64x64
किशोर दहाल बिहीबार, मंसिर ५, २०७६  ०८:५५
1140x725

काठमाडौं– लामो समयदेखि चर्चामा रहेको मन्त्रिपरिषद् पुनर्गठनले मूर्त रुप पाएको छ। तत्काललाई ९ जना मन्त्री बारिएका छन् र उनीहरुको ठाउँमा सोही संख्यामा मन्त्रीहरु भित्रिएका छन्। यससँगै केहीको भने मन्त्रालय हेरफेर गरिएको छ।

पाँच वर्षे कार्यकाल अपेक्षा गरिएको मन्त्रीहरुले पद गुमाउनुका धेरै कारणहरु छन्। ती समयक्रममा खुल्दै पनि जानेछन्। तर, सतहमा भने उनीहरुको कमजोर प्रदर्शनकै कारण यो अवस्था आएको प्रचारित भइरहेको छ।

मन्त्रीको शीरमाथि प्रधानमन्त्रीको 'तरबार'
विगतमा मन्त्री बन्ने र उनीहरु पदमा टिक्ने आधार खासै उत्साहजनक छैन। सत्ता समीकरण जोगाउनुपर्ने कारणले मात्रै पनि मन्त्रीहरु पदमा कायमै रहेका उदाहरण प्रशस्तै छन्। मन्त्री भएर मर्यादा विपरीत काम गरेका कैयौंले पदमा निरन्तरता पाउँदा धेरैले आक्रोश व्यक्त गरेका थिए। प्रधानमन्त्रीको सर्वस्व चल्ने व्यवस्थामा पनि उनीहरुले त्यसखालको शक्ति प्रयोग गर्न सकेका थिएनन्, त्यसको एउटै कारण थियो, गठबन्धनमा अडिएको कमजोर मन्त्रिपरिषद्।

तर, अब समय बदलियो भन्ने सन्देश यो प्रकरणले दिएको छ। उनीहरुका प्रत्येक गतिविधि प्रधानमन्त्रीको नजरमा परिरिहेको छ, त्यसको मूल्यांकन भइरहेको छ भन्ने बुझ्न सकिन्छ। केहीअघि कानुनमन्त्री शेरबहादुर तामाङले एउटा विवादित अभिव्यक्ति दिएकै कारण पद गुमाउनुपरेको थियो। अहिले पनि कमजोर प्रदर्शन गरेकै कारण मन्त्रिपरिषद् पुनर्गठन गरिएको भनिएको छ।

अहिले बहिर्गमनबाट जोगिएका मन्त्रीहरुमात्रै होइन, नयाँ आउनेहरुलाई पनि अघोषित सन्देश प्राप्त भएको छ- यो पदको कुनै समयावधि छैन। काम गर्न नसकेको, सन्तोषजनक काम गर्न नसकेको वा प्रधानमन्त्री खुसी नभएको कुनै पनि दिन, कुनै पनि बेला उनीहरु पदमुक्त हुनसक्नेछन्।

सरकारले सोचेजति काम गर्न नसकेकै हो
लामो समयदेखि दोहोरो तर्क र अड्कलबाजीहरु सार्वजनिक भइरहेका थिए।

पहिलो, सरकारले राम्रो काम गरिरहेको छ। हरेक क्षेत्रमा सफलतै सफलता हात परेको छ। प्रधानमन्त्रीको भाषण र अद्यावधिक रिपोर्टहरुमा सरकार ऐतिहासिक सफलता चुमिरहेको छ भन्ने प्रचारित गरिएको थियो। यही बीचमा ‘नयाँ युगको सुरुवात’ भयो। ‘दुरी घट्दैछ नेपाली सपनाको’ भन्ने प्रचार भयो।

दोस्रो, केही मन्त्रीले साह्रै कमजोर प्रदर्शन गरे। उनीहरुकै कारण सरकार बदनाम भयो। सरकारले बाचा गरेजस्तो काम गर्न सकेको छैन। यस्ता प्रतिक्रिया सरकारको दाबीभन्दा ठीक उल्टा थिए। सरकार बन्नुभन्दा अघिको परिस्थिति र हैरानी जस्तो थियो, उस्तै रह्यो भन्नेहरु धेरै छन्। बरु कैयौं निर्णयहरुमा, कैयौं विधेयकहरुमा, कैयौं अभिव्यक्तिहरुमा समग्र सरकारको आलोचना भयो। मन्त्रीहरुको आलोचना भयो।

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्रिपरिषद् पुनर्गठनलाई यही दुई तर्कसँग जोडेर बुझ्न सहज हुन्छ। र, त्यसबाट सरकारले सोचेजति काम गर्न नसकेको निष्कर्ष निस्किन्छ। बरु, सडकमा, सामाजिक सञ्जालमा र प्रतिपक्षी दलले लगाएको आरोप नै सही रहेको पुष्टि हुन्छ। सरकारले दाबी गरेजस्तो काम भइरहेको भए, चुनावमा बाचा गरेजस्तो कामको गति लिइरहेको भए यो पुनर्गठनको आवश्यकता नै पर्दैनथ्यो।

यो परिवर्तनले सरकारले आफ्नो दाबीमाथि पुनर्मूल्यांकन गरेको सन्देश दिन्छ। सरकारले आजसम्म तय गरेको बाटो उत्साहप्रद थिएन भन्ने महसुस गरेको संकेत दिन्छ। त्यसैले कामको गति बढाउन र फरक बाटोमा हिँड्नका लागि पुनर्गठनको आवश्यकता परेको हुनसक्छ।

सुधार होइन, व्यवस्थापन
प्रधानमन्त्रीको बाचा र उनीप्रतिको आकांक्षालाई भेट्न जोकसैलाई सम्भव छैन। चुनावी भाषणलाई सम्झिने हो भने त असम्भव नै छ भने पनि हुन्छ। यस्तो अवस्थामा प्रधानमन्त्रीलाई आफूले सोचेजस्तो गतिमा काम हुन नसकेको लाग्नु स्वभाविक हो। तर उनले आफ्नो अपेक्षा र समग्र वास्तविकताको चित्रण गर्न जरुरी ठानेका छैनन्। बरु उनी त मन्त्रीहरुमा कमजोरी देखिरहेका छन्। काम गर्ने तौरतरिका मन्त्रीहरुको नमिलेको हो वा प्रधानमन्त्रीको अपेक्षामै खोट छ? वस्तुनिष्ठ मूल्यांकन जरुरी छ।

प्रधानमन्त्रीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा नयाँ साथीहरुलाई पनि अवसर दिनुपर्ने भनाइ व्यक्त गरेको उनलाई उद्धृत गर्दै सार्वजनिक भएका समाचारहरुमा जनाइएको छ। यसले पनि खासमै सरकारको काम र काम गर्ने शैलीमा सुधार भन्दा पनि गुट व्यवस्थापनको संकेत देखिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जो मन्त्री बहिर्गनमा परे, उनीहरुको कामप्रति धेरैको गुनासा थिए। तर सबै असफल भएका, सबै काममा असफल भएका होइनन्। काम गर्दै जाँदा केही काममा जस पाइन्छ, केहीमा असफलता हात लाग्छ। त्यो स्वभाविक हो। तर, हट्ने र निरन्तरता पाउनेहरुका केही अनुहारले पछिल्लो मूल्यांकन ‘फेयर’ नभएको सन्देश प्रवाहित भएको छ।

जो जोगिए, तीमध्ये कोही प्रधानमन्त्री ओली निकट भएकै कारण जोगिए, कोही प्रचण्डले बल लगाएकै कारण जोगिए, कसैलाई चलाउँदा पार्टीको गुट समीकरणमा असर पुग्ने कारणले जोगिए भन्ने बुझाइ विस्तारित भएको छ। जुन पूर्णत असत्य होइनन्। पुनर्गठनको नयाँ सूची सार्वजनिक हुनासाथ उठिरहेको ‘गोकर्ण विष्ट बाहिरिँदा बिना मगरले निरन्तरता पाउनुपर्ने कारण के हो?’ भन्ने प्रश्नको उत्तर कसैले नदिए पनि प्रश्नकै औचित्य कमचाहिँ हुँदैन।

जो नयाँ आए, उनीहरु पनि सबै अपेक्षित अनुहार होइनन्। महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक मन्त्री बनाइएका पार्वत गुरुङ त ज्यान मार्ने उद्योगको मुद्दा खेपिरहेका छन्। कोही नेकपाका प्रभावशाली नेतालाई गुण लगाउन खोजेकै आधारमा पुरष्कृत भएका छन्।

हट्ने र रहनेहरुको अनुहार नियाल्दा पुनर्गठनको औचित्य काममा सुधार गर्न होइन, नेताहरुको व्यवस्थापन गर्न र दण्ड-पुरस्कार वितरण गर्न खोजिए जस्तो देखिन्छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  ०८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५ हजार ४०० मतगणना हुँदा... बिहीबार, असोज २९, २०८३
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु... बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्