काठमाडौं– बसभित्र महिलालाई यौन दुव्र्यवहार गर्ने युवक पक्राउ परेका छन्।
बा.४ ख ९०७७ नम्बरको बसमा सवार बानेश्वर बस्ने नवलपरासी तम्सरीया–५ की २३ वर्षीया महिलालाई बसभित्रै दुव्र्यवहार गरेको अभियोगमा सोही बसमा सवार नयाँबानेश्वर बस्ने दोलखा म्याङलुङ–५ का २४ वर्षीय निर्मल थापालाई काठमाडौं महानगरपालिका–११ माइतीघर मण्डलाबाट बुधबार प्रहरीले पक्राउ गरेको छ।
बसभित्र उनले महिलाको संवेदनशील अंग छोएको प्रहरीले जनाएको छ। थापालाई सार्वजनिक अपराध मुद्दामा कारबाही हुने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।