लहान– घुस मागेर सर्वसाधरणलाई हैरान बनाएका एक कर्मचारी पक्राउ परेका छन्। घरेलु तथा साना उद्योग कार्यालय, लहानका प्रमुख राजेन्द्रकुमार लाल कर्ण २ लाख घुस लिँदालिँदै रंगेहात पक्राउ परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार साँझ सरकारी निवास लहानको ग्रामीण चोकबाट उनलाई पक्राउ गरेको हा । उनले मानव अधिकार तथा वातावरण विकास केन्द्र (होरेन्डेक) नामक संस्थाका कर्मचारीबाट घुस लिएका थिए।
होरेन्डेकलाई गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको प्रोजेक्ट पाएको थियो। उक्त एनजिओले ६० लाखको प्रोजेक्ट पाएकोमा कर्णले २० प्रतिशत कमिसन मागेका थिए। घुस मागेर हैरान बनाएपछि सो संस्थाका कर्मचारीले अख्तियारलाई खबर गरेर पैसा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।