शेबेरघान, अफगानिस्तान - अफगानिस्तानको जावजान प्रान्तमा २७ जना इस्लामिक स्टेट (आइएस) लडाकू मारिएका छन् ।
आइएस लडाकू लुकेर बसिरहेको सुराकीको आधारमा सेनाले गरेको कारबाहीमा उनीहरू मारिएको अफगानी सैन्य स्रोतले बिहीबार जानकारी दिएको छ ।
मारिएका मध्ये १८ जना विदेशी लडाकू रहेको सुरक्षा निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आइएस लडाकूले घटनाको जिम्मेवारी लिएका छन् ।
गत एघार महिनाको अवधिमा अफगानिस्तानका चार प्रान्तमा गरी अहिले सम्म कुल २३ हजार भन्दा बढी आइएस लडाकू मारिएका छन् । त्यसैगरी ४९९ जना घाइते भएका वक्तव्यमा उल्लेख छ । रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।