• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत २६, २०८२ Thu, Apr 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सीमानाकामा क्वारेन्टाइनको माछा जाँच्ने शैली : छामिन्छ/सुँघिन्छ !

64x64
नेपाल लाइभ बिहीबार, फागुन १७, २०७४  १५:३८
1140x725

काँकडभिट्टा– पूर्वी नाका काँकडभिट्टामा रहेको एनिमल क्वारेन्टाइन चेक पोस्टका प्रविधिज्ञले भारतबाट आयातीत माछालाई छामेर र सुँघुरै जाँच्ने गरेका छन्। 

अरु धेरै कुरामा प्रविधिको उच्च प्रयोग भइरहे पनि मुलुकको मुख्य नाका मानिएको काँकडभिट्टामा भने स्थापनाकालदेखि नै प्रविधिज्ञले प्रयोगशाला नहुँदा ‘सुँघेर’ र ‘छामेर’ माछाको गुणस्तर जाँच गर्दै आएका हुन्। 

मेचीनगरका नगरप्रमुख विमल आचार्यले ‘कुनै पनि खाद्य वस्तुको विषादी चेक नगरी भित्रिन नदिनू’ भनेर उर्दी जारी गरे पनि नाकामा परीक्षणको पुरानै शैली कायम छ। 

काँकडभिट्टाबाट आयात हुने भारतीय माछा झापाको राजमार्ग छेउछाउ र मेची अञ्चलका पहाडी जिल्लाका अधिकांश बजारमा आपूर्ति हुने गरेको छ। तर ती माछा छाम्ने र सुँघ्ने बाहेक कुनै जाँच हुने गरेका छैनन्। यसबाट आयातीत माछामा मिसाइने हानिकारक फर्मालिन जस्तो विषाक्त रसायनको जोखिम रहन्छ। 

फर्मालिन प्रयोग भएको माछा हेर्दा ताजा र राम्रो देखिने गर्छ। तर यस्तो रसायन मिसिएको माछा खाँदा मानिसलाई क्यान्सरलगायतका रोग लाग्ने सम्भावना हुने विज्ञहरु बताउँछन्।

मेचीनगर माछा भित्रिने पूर्वका मुख्य नाका भएकाले फर्मालिन प्रयोग भएका र सडेका माछा भित्रिन नदिन काँकडभिट्टामा प्रयोगशाला स्थापना गर्न जरुरी देखिएको मेची सामुदायिक केन्द्र काँकडभिट्टाकी उपाध्यक्ष विना तामाङले बताए। 

काँकडभिट्टा नाकाबाट गत आर्थिक वर्ष २०७३/७४ मा एक हजार ६७५ मेट्रिन टन माछा र ८३ मेट्रिन टन सिद्रा नेपाल भित्रिएको क्वारेन्टाइन चेक पोस्टले जनाएको छ। 

भारतबाट आउने माछाको मात्रा केही वर्ष घट्दै गएको भए पनि नेपाल माछा उत्पादनमा आत्मनिर्भर भने हुन सकेको छैन। 

nimb
nimb
Ncell 2
Ncell 2

'सुँघेर र छामेर जाँच्ने हाम्रो रहर होइन', क्वारेन्टाइनका जाँचकी प्रविधिज्ञ रामसेवक यादव आफ्नो बाध्यता सुनाए – 'एउटा राम्रो ल्याब भइदिएको भए यस्तो गर्नुपर्ने थिएन।' 

बर्सेनि एक हजार ६०० मेट्रिनभन्दा बढी आयात हुने माछा जाँच गर्ने क्रममा काँकडभिट्टाको एनिमल क्वारेन्टाइन कार्यालयले एकपटक पनि गुणस्तरहीन भनेर रोकेको घटना छैन। 

'व्यापारको माल हो, रोक्नु पनि भएन', प्रविधिज्ञ यादव भन्छन्, 'खराब भन्ने आधार केलाई मान्ने? ल्याब भए पो प्रमाणित गर्नु!'

फर्मालिन जाँच्न हाल विराटनगर वा काठमाडौंस्थित क्वारेन्टाइनकै प्रयोगशालामा नमूना पठाउनुपर्ने र त्यसको दोस्रो विकल्प भएको कर्मचारी बताउँछन्। तर, जाँचका लागि एउटा नमूनाको ९०० रुपैयाँ तिर्नुपर्ने र पठाउन झन्झटिलो भएका कारण अहिलेसम्म छामेको र सुँघेकै भरमा स्वस्थताको प्रमाणपत्र जारी हुँदै आएको बताइन्छ। 

मेचीनगरका नगरप्रमुख आचार्यले नाकामा विषादी मिसाइएका माछालगायतका खाद्य वस्तुको आयात रोक्न दिएको निर्देशन पूर्ण पालना गर्न जनशक्ति थप्नुपर्ने र उच्च प्रविधिको प्रयोगशाला स्थापना गर्नुपर्ने कर्मचारी बताउँछन्। 

हाल चेकपोस्टमा एक अधिकृत र दुई प्रविधिज्ञसहित तीन जनाको दरबन्दी छ। भन्सार कार्यालय भवनको माथिल्लो तलामा इन्टरमोडलले भाडामा लगाएको कोठामा एनिमल क्वारेन्टाइनको चेकपोस्ट छ। 

मेचीनगरका नगरप्रमुख आचार्यले फर्मालिन मिसाइएको माछा भित्रिन नदिन कडा निर्देशन दिँदै आएका छन्। (रासस)

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०७४  १५:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री
सम्बन्धित सामग्री
देशभर साढे १० लाखले गरे मतदानः निर्वाचन आयोग बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार मत खसेको आयोगले जनाएको छ । यो कूल मतको करिब ६ प्रतिशत हो । बिहीबार, फागुन २१, २०८२
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
ताजा समाचारसबै
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु बिहीबार, चैत २६, २०८२
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा बिहीबार, चैत २६, २०८२
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री बिहीबार, चैत २६, २०८२
इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने प्रधानमन्त्री नेतान्याहुको भनाइ बिहीबार, चैत २६, २०८२
विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
सार्वजनिक यातायातको भाडा बढ्यो, कुनमा कति ? बुधबार, चैत २५, २०८२
दुई साताको युद्धविराम सहमतिसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्