• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

हामीले सुन्ने र सुनाउने कथाहरु फेर्ने बेला भएन?

64x64
नेपाल लाइभ बिहीबार, फागुन १७, २०७४  १६:०३
1140x725

माघको अन्तिम शनिबार ३० वर्षमुनिका युवाहरुको एउटा राष्ट्रिय सञ्जालले आफ्नो वार्षिक सभामा मलाई 'नयाँ उद्यमीहरुका लागि सञ्चार सीप' विषयमा प्रस्तुति दिन बोलाएको थियो। युवाहरुका लागि विभिन्न तालिम गरिरहने भएकाले मेरा लागि यो अवसर पनि थियो।

चितवनको सभामा पुग्दा कार्यक्रमको उद्घाटन समारोह बल्ल सुरु हुँदै थियो। देशभरिबाट करिब ८ सय युवा सहभागी कार्यक्रममा मञ्चमा बोलाइएका करिब सबै ३० वर्ष हाराहारीकै थिए। मञ्चमा कार्यक्रम सञ्चालन गर्ने र बोलाइएका अतिथिहरुलाई खादा र फूलमाला लगाइदिने महिला थिए भने आसन ग्रहण गराइएका सबै जना पुरुष थिए। अर्थात् सम्मान गरेर बोलाउनेहरु सबै महिला, बोलाइएका चाहिँ पुरुष।

युवाहरुको कार्यक्रममा समेत यस्तो देख्दा मेरो पुरुष आँखालाई समेत खट्कियो। उद्घाटन समारोह सकिएपछि मेरो प्रस्तुति थियो। प्रस्तुतिको अन्त्यमा मैले मुखै फोरेर मञ्चबाटै आयोजकलाई भनिदिएँ– तपाईंहरु जेन्डर बायस्ड हुनुहुँदो रहेछ, मलाई राम्रो लागेन।

लैङ्गिक समताको जति चर्का कुरा गरिरहे पनि खासमा राजनीति होस् वा आर्थिक, कर्पोरेट होस् वा बौद्धिक, कुनै पनि क्षेत्रमा समतामूलक दृष्टिकोण राखिएको पाइँदैन। महिला सबलीकरण र समावेशीकरणका लागि निकै ठूलो लगानी भइरहेको हामीले हाम्रै वरिपरि देखेका छौं।

अखबारमा हरेक दिन महिला सहभागिता र सबलीकरणबारे एउटा न एउटा लेख प्रकाशित भइरहेकै छन्। सार्वजनिक रुपमा र कोठे भेलाहरुमा बहस र छलफल भइरहेकै छन्, पैसा खर्च भइरहेकै छ। त्यसले व्यवहारमा ल्याएको सकारात्मक परिवर्तन कति छ भन्नेबारे तपाईंलाई राम्रै जानकारी होला।

यो छोटो लेखमा सहभागिता र समावेशिताको वकालत गरिएको छैन। बरु हामीभित्र विभेदको बिउ कसरी रोपिएको छ भन्नेबारे केही कुरा राख्न खोजिएको छ। खासमा लैङ्गिक भूमिका र समताबारे हाम्रा सोच र व्यवहारहरु कसरी निर्माण भइरहेका छन् र आउने पुस्तामा तिनको बुझाइ र धारणा हामी कसरी हस्तान्तरण गरिरहेका छौं भन्नेबारे सानो दृष्टान्त यहाँ पेश गर्छु।

शनिबार शहरको एउटा राम्रै स्थापित विद्यालयको वार्षिक कार्यक्रमको दर्शक बन्ने मौका  मिल्यो। निकै व्यवस्थित रुपमा आयोजित कार्यक्रममा स्वाभाविक रुपमा विद्यालयका विद्यार्थीको नृत्य, गीत, नाटक लगायतका प्रस्तुतिहरु राखिएका थिए। कार्यक्रममा देखाइएका दुई वटा नाटकले मलाई अलि आकर्षित गर्‍यो। बालबालिकाका लागि घर पहिलो विद्यालय हो भन्ने मूल सन्देशसहितको नाटकमा असल परिवार र खराब परिवारबीचको फरक देखाइएको थियो।

स-साना केटाकेटीले बुबा, आमा, हजुरबुवा, हजुरआमा लगायतको भाँती पारेर गरेको अभिनयका कारण पनि नाटक हेर्नलायक थियो। तर, सँगसँगै विभेदपूर्ण सोचहरु कसरी पुस्तान्तरण भइरहेको छ भन्ने नाटकले मलाई बुझायो। 

Ncell 2
Ncell 2
nimb
nimb

नाटकमा देखाइएका दुवै परिवारमा संयुक्त परिवार देखाइन्छ। बुबा, आमा, छोराबुहारी र नातिनातिनासहितको परिवार अनि दुवै परिवारमा एक जना काम गर्ने सहयोगी। पहिलो त त्यति धेरै सदस्य रहेको परिवारमा काम गर्ने सहयोगीको भूमिका देखाइएकोमा म छक्क परेँ। 

अब मूल मुद्दामा कुरा गरौं।

असल परिवारका सबै सदस्यले एकै ठाउँ भेला भएर पूजा गरेर दिनको सुरुवात गर्छन्। त्यसपछि बिहानको चिया खाने समय हुन्छ। बुबाले चिया खाने इच्छा जाहेर गर्नेबित्तिकै काम गर्ने सहयोगीले चिया लिएर आउँछिन्। हो, यतिबेला नजानिदो तरिकाले देखिएको दृश्यमा परिवारको छोरा, बुबा-आमाको छेउमा सोफामा बसेर पत्रिका पढ्न थाल्छ र बुहारी भने चिया बाँड्न सघाउँछिन्। चिया सबैले पाइसकेपछि केटाकेटी किताब समाएर भुइँमा बसेका हुन्छन्। बुबा, आमा र छोरा सोफामा बसेका बेला बुहारी भने उभिइरहन्छिन्।

पूजापछि 'हाम्रो सेवा गरेकोमा धन्यवाद' भनेर टीका लगाइदिने सासूले बुहारीलाई 'बस' भन्दिनन्। बुहारी उभिएको उभियै हुन्छिन्। त्यसपछि केटाकेटीले पढ्न सिकाइमाग्छन्। छोराले केटाकेटी पढाउन थाल्छ, बुहारी भने सहयोगीलाई काम सघाउन भान्सातिर जान्छिन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

खराब परिवारमा चाहिँ सदस्यहरुको पारा बेग्लै छ। बुहारीको बिहानैको एरोबिक्सको संगीतले सासू-ससुराको बिहानी प्रार्थनामा खलल पुग्छ। गुनासो गर्दा बुहारी भन्छिन्– 'मलाई स्लिम हुनु छ।' छोराले समर्थन जनाउँछ।

दृश्यमा संवादको निष्कर्ष अर्कै भए पनि 'स्लिम हुनुपर्ने आवश्यकता'लाई भने स्थापित गर्छ। तर, त्यो अरुका लागि होइन, बुहारीका लागि मात्रै। 

अर्को दृश्यमा बुबाको मुख हेर्ने दिन हुन्छ। दुवै परिवारमा छोराहरु र नातिनातिनाहरु बिहानै बुबाको मुख हेर्छन्। छोराहरु अफिस जान्छन्, नातिनातिनाहरु स्कुल।

यसपछिको सिलसिलाले फेरि झक्झक्याउँछ। घरका सबै आ-आफ्नो कर्ममा लागेपछि असल परिवारकी बुहारी भने घरधन्दा सकेर बुबाको मुख हेर्न सासू-ससुरासँग माइत जाने अनुमति मागेर हिँड्छिन्। उता खराब परिवारकी बुहारी भने सासू-ससुराका लागि खाना नपकाई माइत जान्छिन्।

मलाई यो दृश्यले किन झस्कायो भने, दुवै परिवारका छोराहरु बिहानै बुबाको मुख हेरेर अफिस जान्छन् भने बुहारीहरु भने आरामले माइत हिँड्छन्। खराब परिवारमा बुहारीले सासू-ससुरालाई खाना नखुवाई माइत हिँड्न लागेको कुराले केहीबेर कलहको स्थिति समेत उत्पन्न हुनुले नाटक रमाइलो त देखिन्छ, तर सँगसँगै तीतो पनि लाग्छ।

नाटकमा अरु थुप्रै दृश्य देखिन्छन्। तर, परिवारमा महिला, अझ विशेषगरी बुहारीको भूमिकालाई देखाइएको दृश्य देख्दा धेरैलाई सामान्य लाग्न सक्छ। कारण, समाजमा 'चलेको' त्यही छ। तर, नाटकमा देखाइएका त्यस्ता दृश्यले लैङ्गिक भूमिकाबारे युगौंदेखि स्थापित सोचलाई नै बल दिन्छ। जसका विरुद्ध महिलाहरु त्यति नै समयदेखि कुनै न कुनै रुपले संघर्ष गरिरहेका छन्। 

कार्यक्रममा अर्को एउटा नाटक पनि देखाइयो, 'मुसीको बिहे'। तपाईंले पढ्नुभएको भए याद हुनुपर्छ, संसारकै सबैभन्दा शक्तिशालीसँग मुसीको बिहे गराइदिने इच्छा मुसीका बाउआमाले राख्छन्। तर, अन्त्यमा घुमिफिरी मुसीका लागि सबैभन्दा शक्तिशाली वरका रुपमा मुसा नै हो भन्ने निष्कर्षमा कथा सकिन्छ।

यही कथामा रमाइलो नाटक मञ्चन भइरहँदा 'महिलाले विवाह गर्दा सकेसम्म शक्तिशाली वर रोज्नुपर्छ' भन्ने बुझाइ नाटकमा मुसीको भूमिका गर्ने सानी बालिकाको मस्तिष्कमा बसेन होला त? नाटक हेर्ने हामीलाई त रमाइलो दियो, तर रमाइलो सँगसँगै सुषुप्त रुपमा भने महिला कमजोर हुने र सुरक्षाका लागि शक्तिशाली पुरुष चाहिन्छ भन्ने आशय पनि व्यक्त गर्‍यो। महिलालाई कमजोर ठान्ने सोचको जग पनि निर्माण गर्‍यो।

दुवै नाटकले महिलाको स्थान र भूमिका कस्तो रहँदै आएको छ भन्ने विम्ब त देखाए, तर परिवर्तन देखाएनन्। जरुरी कुरा नै जरुरी ठानिएन। हुन त नाटक बनाइरहँदा र सिकाइरहँदा शिक्षक-शिक्षिकाहरुले यति गढेर सोच्न फुर्सद समेत कहाँ मिल्यो होला र?

यति भनिसकेपछि भन्न पर्दैन होला, ज्ञानका मन्दिरहरुले समेत विभेदलाई कुनै न कुनै रुपमा स्थापित गरिरहेका छन्। त्यसो भनेर विद्यालयहरुलाई मात्र दोषी ठहर्याहउन खोजिएको भने होइन। बस्, एउटा उदाहरण मात्र देखाउन खोजिएको हो।

हामीले तिनै कथाहरु अरुलाई भनिरहेका छौं, जसले हामीले कुनैबेला सिकेका संस्कारगत (खराब) व्यवहारहरुलाई बल दिन्छन्। महिलाहरुले जेका विरुद्ध युगौंदेखि संघर्ष गर्दै आएका छन्, त्यही सिकाउने कथाहरु भावी पुस्तालाई सुनाइरहेका छौं। यस्ता कथाहरुबाट उनीहरुले भोग्ने र बाँच्ने कथा हाम्रोभन्दा कति फरक र कति सकारात्मक हुन सक्लान्?

भनिन्छ, हामीले सुन्ने र सुनाउने कथाहरु नबदलिईकन हामीले भोग्ने र बाँच्ने कथाहरु बदलिँदैनन्। त्यसो भए सुन्ने र सुनाउने कथाहरु फेर्ने बेला भएको होइन?

ट्विटर: @Roopess

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०७४  १६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्