• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

डिप्रेसनबारे जान्नै पर्ने कुरा

64x64
नेपाल लाइभ बिहीबार, फागुन १७, २०७४  १३:३६
1140x725

डिप्रेसन रोग परापूर्व काल देखि देखिएको रोग हो । डिप्रेसन रोग धेरै मानिसमा पाउने रोग हो । बिश्व स्वस्थ्य संगठनले डिप्रेसन जिवनकालमा पुरुषमा १५ र महिलामा २५ प्रतिशतसम्म हुने बताएको छ । डिप्रेसन रोग लागेको बिरामीलाई अर्कै रोगलागेको भान हुन्छ । पटक पटक उपचारको शिकायत गर्ने, धेरै  परिक्षण गर्ने तर रोग नभेटिने समस्या हुन्छ । सोही पिडाका कारण केहि बिरामीले आत्महत्या गर्ने गरेको पनि पाईएको छ । एकै पटक धेरै अंगमा लक्षण देखिने रोग डिप्रेसन हो।

केही बिरामीलाई नशा पोल्यो, हात खुठ्ठा झमझम गर्यो, सिल्का हान्ने भयो, शरिर तात्यो भन्ने हुन्छ । रोग पत्ता नलाग्दा उनीहरु अनेकौ औषधि पसल चार्हछन् । कतिपय बिरामी धामीझाँक्रिकोमा जान्छन्। नेपालमा डिप्रेसन रोगको कारणमा परिवारिक कलह,कार्य असफल हुनु, श्रीमान् बिदेशिनु, प्रेममा वियोग, आफन्तको मृत्यु, बिदेश बस्नु, व्यापारमा नोक्सानी, जागिर छाड्नु, बालक अवस्थामा आमाबाबुबाट टाढा रहनु र राजनितिक असन्तुलनको असर आदि मुख्य हुन् ।

कतिपय डिप्रेसन रोगका बिरामी राती निदाउँदैनन् वा निद्रा नपर्ने हुन्छ । डिप्रेसनका बिरामीहरु आत्तिने खालको सपना देख्छन् । धेरै डिप्रेसनका बिरामी आफुलाई असफल ठान्छन् र भविष्यप्रति निराशावादी हुन्छन् । कोही यौन असफलता भएको लक्षण लिई डाक्टर कहाँ आउछन् । डिप्रेस का लक्षणहरु कम्तीमा २ हप्तासम्म देखिएमा रोगको यकिन गर्न सकिन्छ । महिलामा डिपे्रसन बढी हुने खास कारण थाह भएको छैन तर सहन सक्ने क्षमता महिलामा कम हुने भएकोले रोग बढी लागेको भन्ने अनुमान छ।

 डिप्रेसन रोगका बिरामी नेपालमा धेरै छन् । कतिपय बिरामीहरु सुरुमा बेलुकिपख टाउको दुख्ने , कुराहरु बिर्सने, आत्मबल घट्ने, आत्तिएको महसुस गर्ने, दुख परेको मानिस देख्दा मन थाम्न नसक्नेलगायतका लक्षण देखिन्छ। 
मानिसहरुमा बिभिन्न खालका डिपे्रसन देखा पर्छन् । त्यसअनुसार लक्षणमा पनि विभिन्नता पाईन्छ । कतिपय डिप्रेसनका बिरामी झर्किने र बढि रिसाउने, एक्लै बस्न रुचाउने गर्छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

शारिरिक रोग जस्तै क्यान्सर, मधुमेह, थाइराइड ग्रन्थिको गडबड तथा दिर्घ रोगिहरुमा पछि गएर डिप्रेसन रोग लाग्ने सम्भावना बढी रहन्छ । डिप्रेसनका कारण कतिपय बिरामीहरु घाँटिमा केहि अडकियो भन्ने, आफुलाई क्यान्सर भयो भनि रुने, मर्ने भइयो भनेर आत्तिने, परिवारको बारेमा कुनै चिन्ता नलिने र जीवनमा आशामारेको पनि भेटिन्छन्। डिप्रेसनका बिरामीले आवश्यक कुरामा पनि मन थाम्न सक्दैनन्, जस्तै सडकमा एकजना बिरामी देख्दा वा मरेको मानिस देख्दा आत्तिने र चिन्तीत हुने गर्छन् । डिप्रेसनका बिरामी एउटै घटनालाई आधारमानी सधैं त्यसमा अनावश्यक विवाद गर्छन् । जस्तै परीक्षामा १ पटक फेल भएमा अब सधै फेल भइन्छ भनि आतिन्छन् । जुन गलत हो।

कतिपय डिप्रेसनका रोगी नकारात्मक सोचाईबाट पिडित हुन्छन् । मनमा यस्ता सोचाई लिन्न भनेपनि ति सोचाइ आउनाले छटपटि महसुस हुन्छ । डिप्रेसनका बिरामीमा सिटी स्क्यान, यम.आरआई गर्दा कुनै खराबी देखिदैन ।  तर न्यूरोट्रान्समिटर परीक्षण गर्दा मस्तिष्कमा सेरोटोनिन तथा नरइपिनेफ्रिन भन्ने तत्व कम देखिन्छ । डिप्रेसन रोग एक जटिल रोग हो । डिप्रेसन विभिन्न प्कारका हुन्छन् । र प्कार अनुसार लक्षण पनि फर फरक हुन्छ । समयमै उपचार गरे यो रोग निको हुन्छ । यो रोग पहिचान गर्न धेरै डाक्टरलाई गाह्रो हुन्छ।

केहि डिप्रेसनका बिरामीमा काम्ने, बक्ने, अचानक बेहोस हुने, हातखुट्टा नचल्न,े शरिरको संवेदना हराउने, आफ्नो नाम उल्टो बताउने वा उत्तर उल्टो दिने, नबोल्ने, छिटो छिटो श्वास फेर्ने लक्षण पनि देखिन्छ । डिप्रेसनका बिरामी रोगका कारण केही बिरामीले अनौठो लक्षण देखाउँदा कुटाई खाने, बोक्सीको आरोप पाउने गरिएको पनि भेटिएको छ । मानसिक रोगको झन्डै एक तिहाई हिस्सा ओगट्ने डिप्रेसनका बिरामी आफुलाई नसाको रोग लाग्यो भन्न रुचाउछन् । समुदायमा ५ प्रतिशत मानिस डिप्रेसन रोगबाट पिडित छन् । जुन पहिचान गर्न नसकिने भएकोले उपचार गर्न पाएका हुदैनन् । समुदायमा आत्महत्या भएको घटना सुनिन्छ, यसको प्रमुख कारण डिप्रेसन नै हो।

डिप्रेशन रोगका बिरामीहरु कस्ता समस्या लिएर आउछन् ?
 
-    बिरामीहरु आफुलाई टाउको दुख्ने रोगको लक्षण बताउँछन् ।
-    कतिपय बिरामीहरु क्यान्सर लागेको शंका गर्छन् ।
-    कोही घाँटिमा केहि अड्कियो भनी आत्तिन्छन् ।
-    कोही यौन अंगको समस्या भएको बताउँछन् ।
-    कोही बिरामीहरु पेट पोल्ने, पेटमा अप्ठ्यारो महसुस भएको बताउँछन् ।
-   कोही चाही मुटुको रोग लाग्यो भन्दै मुटु रोग विशेषज्ञकहाँ पुग्छन् ।
-    कोही ढाड दुख्ने, जोर्नि दुख्ने समस्याको सिकायत गर्छन् ।
-    कोही खाना अपच, पाचन शक्तिमा कम भएको शिकायत गर्छन् ।
-    कोही काम्ने र बक्ने गर्छन् र बोक्सी लागेको विश्वास गर्छन् ।
-    कोही अचानक वेहोस भएको बताउँछन् ।
-   डिप्रेशनका बिरामी एक्लै शान्त ठांउमा बस्न रुचाउँछन ।
-   कोही बढि चिन्ता गरिरहने र आफ्नो जिवन देखिनै हरेस खाएका हुन्छन् ।

कसरी मानसिक स्वस्थ बन्ने ?

-    अनावश्यक कुरामा बारम्बर एकोहोरो गहिरो सोचाई नगर्ने ।
-    अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुशी हुने ।
-    पुराना रुढीवादीका कुरा जुन वर्तमानमा झुट्टा सावित भएका छन् तिनमा विश्वास नगर्ने।
-    हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने ।
-    जे छ त्यसमा सन्तुष्ट हुने, तर मिहेनत गर्न नछाड्ने ।
-    लागू पदार्थ, रक्सी, ड्रग्स सेवनले मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकोले, यी वस्तुबाट टाढा रहने।
-    दैनिक जिवनमा स्वास्थ्य प्रतिस्पर्दा गर्ने।
-    समाजमा, घर परिवारमा दुष्टताको वातावरणको अन्त्य गर्ने।
-    अति नैतिकवान नबन्ने र अरुबाट पनि त्यस्तो बढी आशा नगर्ने।
-   परिवार, साथीभाईलाई भन्ने बानी गर्ने जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ।
-    मनलाई सधै शान्त राख्ने।
-    योग, व्यायाम गर्ने ।
-    रमाइलो गर्ने, परिवारलाई समय दिने ।
-    मनका कुरा पोख्ने ।

- डा.  सिपी सेडाई, नशा तथा  मनोरोग बिशेषज्ञ, चितवन मेडिकल कलेज

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०७४  १३:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्