काठमाडौं- होली पर्वमा दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरीले उपत्यकाभित्र आज एक सय ठाउँमा सवारी चेकिङ गरिरहेको छ।
होलीमा सार्वजनिक बिदा भएको र सवारी चालकहरुले नियम मिचेर चलाउन सक्ने भएकाले चेकिङलाई कडाइ गरिएको महानगरी ट्राफिक प्रहरी महाशाखाका एसएसपी उमेश रन्जितकारले बताए। 'हेल्मेट नलगाई तथा तीन जना राखेर मोटरसाइकल चलाउनेलाई पनि कारबाही गरिनेछ,' उनले भने, 'आज दिउँसै मापसे चेकिङसमेत गर्नेछौं।'
नेपाल प्रहरीले पनि आज होली खेल्ने क्रममा अवाञ्छित गतिविधि हुन सक्ने ठहर गर्ने विशेष निगरानी गरिरहेको जनाएको छ।
फागुपूर्णिमा अर्थात् होली आज उपत्यकासहित हिमाली र पहाडी जिल्लामा धुमधामका साथ मनाइँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।