काठमाडौं- सरकारले एउटा मन्त्रालयमा तीन जनासम्म सचिव राख्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयहरु गाभिएर १७ मा सीमित भएसँगै सचिवहरुलाई सोही अनुसार व्यवस्थापन गर्ने निर्णय गरेको हो। एउटा मन्त्रालयमा तीन जनासम्म सचिव रहने र उनीहरुले पहिले हेर्दै आएको काम नै हेर्नेगरी जिम्मेवारी दिइने भएको छ।
सरकारको यो निर्णयसँगै अब उद्योग, वाणिज्य र आपूर्तिका साथै शिक्षा विज्ञान प्रविधि र युवा तथा खेलकुद लगायतका मन्त्रालयमा तीन जना सचिव हुनेछन्।
अहिले रहेका सचिवमध्ये दुई जना सचिवलाई भने जगेडामा राखिएको छ।
सबै सचिवहरुलाई सम्बद्ध मन्त्रालयमा के-के गर्न सकिन्छ भन्नेबारे प्रस्ताव तथा राय शुक्रबारभित्र बुझाउन भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।