वाशिङटन– सिरियामा रासायनिक हातहतियार निर्माण गर्न सक्ने सामानहरू उत्तर कोरियाले पठाइरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
संयुक्त राष्ट्रसंघका विज्ञहरूले निकालेका नतिजाहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमले उत्तर कोरियाले प्रतिरोधी टायल, भल्स र पाइपहरू पठाएको बताएका हुन्।
सिरियाली अस्त्र निर्माण कारखानाहरूमा प्योङयाङका क्षेप्यास्त्र विशेषज्ञहरू देखापरेका राष्ट्रसंघको सार्वजनिक गरेको प्रतिवेदनमलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ।
सिरियाली फौजले क्लोरिन ग्यास प्रयोग गरिरहेको भन्ने समाचार आएपछि अमेरिकी सञ्चारमाध्यले पछिल्लो खबर सार्वजनिक गरेका हुन् । सिरिया सरकारले भने क्लोरिन ग्यास प्रयोग गरिएको कुरा अस्वीकार गर्दै आएको छ।
पारमाणविक कार्यक्रमलाई लिएर उत्तर कोरियाले हाल अन्तर्र्रािष्ट्रय प्रतिबन्धहरू झेल्दै आएको छ।
एउटा चिनियाँ कम्पनीमार्फत सन् २०१६ को अन्त्य र २०१७ को शुरूतिर पाँच खेप ती सामग्रीहरू सिरिया पु¥याइएको द वाल स्ट्रीट जर्नलमा प्रकाशित गरिएको छ। सिरिया र उत्तर कोरियाबीच दशकौँदेखि सैन्य सम्बन्ध रहिआएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।