काठमाडौं– नेपाल कम्प्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई प्रहरीले ज्यान मुद्दामा कारबाही गर्ने भएको छ। उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका बेला भोजपुरमा बम विस्फोट गराएको भन्दै प्रहरीले चन्दलगायत २० जनालाई विपक्षी बनाएर विस्फोटक पदार्थ र ज्यानमार्ने उद्योगमा मुद्दामा उनलाई प्रतिवादी बनाइएको छ।
गत कात्तिक २८ गते भोजपुरमा पूर्वसन्चारमन्त्री शेरधन राई चढेको गाडीमा आक्रमण गरेको घटनामा पनि प्रतिवादी बनाइएको छ।
भोजपुर अदालतको आदेशनुसार चन्दको कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–९ चन्द्रौटास्थित घरमा पनि पक्राउ पुर्जी टाँसिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
अदालतको आदेशअनुसार चन्दलाई पक्रन प्रहरीले देशैभर सर्कुलर गरिएको भोजपुरका डिएसपी दीपेन्द्र पन्जियारले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।