नयाँ दिल्ली (एजेन्सी)– शनिबार निधन भएकी बलिउड अभिनेत्री श्रीदेवीको भावपूर्ण बिदाइ गरिएको छ। बुधबार उनको अन्तिम संस्कार राजकीय सम्मानका साथ भएको छ।
श्रीदेवीको पार्थिव शरीरमा बलिउडका अधिकांश कलाकारका साथै हजारौं प्रशंसकले अन्तिम श्रद्धाञ्जली दिएका थिए।
श्रीदेवीको गत शनिबार दुबईमा निधन भएको थियो। उनको पार्थिव शरीर मंगलबार राति साढे ९ बजे पति बोनी कपुर र छोरा अर्जुन कपुरले मुम्बई ल्याएका थिए।
दुबई प्रहरीले दुर्घनाका कारण बाथटबमा डुबेर श्रीदेवीको मृत्यु भएको पुष्टि गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।