काठमाडौं– अभिनेत्री वर्षा शिवाकोटी बुधबार काठमाडौंको वनस्थलीस्थित नेपाल फिल्म विकास कम्पनीको एक हलमा अपहरण परेको अवस्थामा भेटिइन्।
फिल्म 'जय शम्भु'को सुटिङका क्रममा उनको यस्तो अवस्था भएको हो। फिल्ममा वर्षा जमिनदारको छोरीको भूमिकामा देखिँदै छन्। फिल्मको कथा अनुसार अपहृत भएर उनी कुर्सीमा डोरीले बाँधिएर बिलौना गर्न बाध्य थिइन्।

फिल्ममा वर्षाका साथै अनुप विक्रम शाही र प्रशान्त ताम्राकार मुख्य भूमिकामा देखिँदै छन्। रुपेश तामाङले निर्देशन गरिरहेको फिल्म एक्सन लभस्टोरी बेसमा निर्माण हुँदै छ। फिल्मको छायांकन काठमाडौं, अन्नपूर्ण बेसक्याम्प लगायतका स्थानमा भइरहेको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।