काठमाडौं- मेडिकल कलेजहरुले विद्यार्थीबाट करोडौं रकम ठगी गरेको विवरण बाहिर आइरहेको समयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन मेडिकल कलेजमा छापा मारेको छ।
विभागको टोलीले आइतबार वीरगञ्जस्थित नेसनल मेडिकल कलेज, विराटनगरको नोबेल मेडिकल कलेज र चितवनको चितवन मेडिकल कलेजमा छापा मारेको हो।
विभागले राष्ट्रिय सतर्कता केन्द्र, शिक्षा मन्त्रालय र अन्य विभिन्न प्रतिवेदनका आधारमा कलेजमाथि छापा मारेको हो।
विभागले मेडिकल कलेजको ठगीका विषयमा विद्यार्थीहरुसँग पनि आवश्यक कागजपत्र लिने बताइएको छ।
सरकारले तोकेकोभन्दा १५ लाखसम्म बढी रकम असुलेको भन्दै विद्यार्थीहरुले आन्दोलन चर्काएका छन्।
विद्यार्थीहरुले अवैध रुपमा उठाइएको रकम फिर्ता नभएसम्म परीक्षा समेत बहिष्कार गर्ने निर्णय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।