मुम्बई (एजेन्सी)– आमाको कारण सम्बन्ध बिग्रिएको बताउँदै आएका बलिउड अभिनेता अर्जुन कपुर पनि श्रीदेवीको अन्तिम विदाईमा सहभागी भएका छन्। आफ्नी आमा हुँदा हुँदै बुवा बोनी कपुरले श्रीदेवीसँग विवाह गरेपछि दुवै परिवारको सम्बन्ध बिग्रिएको थियो।
अर्जुन कपुरको आमाले छुट्टै आफ्नो परिवारलाई हुर्काएकी थिइन्। अर्जुनको श्रीदेवीको दुवै छोरीसँग पनि राम्रो सम्बन्ध छैन्। उनीहरू बीच अहिलेसम्म दोहोरो कुराकानी पनि भएको छैन्।
तर, श्रीदेवीको निधनको खबर सुनेपछि अर्जुन पनि पार्थिव शरीर लिन दुबई पुगेका थिए। आज गरिने अन्त्येष्टीमा उनी आफ्नो बुवा र सानो बुवाहरू अनिल कपुर र सञ्जय कपुरसँगै देखिएका थिए।
श्रीदेवीलाई राजकीय सम्मानका साथ अन्त्येष्टी गरिदैछ। उनको सम्मानमा मुम्बई प्रहरीले गार्ड अफ अनर दिने भएको छ। श्रीदेवीलाई तीन राउन्ड फायरिङ गरेर सलामी दिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।