प्रस्तुत छ चीनबारे केही यस्ता तथ्य, जुन थोरैलाई जानकारी होला।
- चीनले तीन वर्षमा विकास निर्माणका काममा यति धेरै सिमेन्ट उपयोग गरेको छ, जति अमेरिकाले गएका सय वर्षमा पनि गरेको थिएन। चीनले सन् २०११ देखि २०१३ बीच ६ सय ६१ दशमलव ५ करोड टन सिमेन्ट उपयोग गरेको थियो।
- चीनमा करिब २ हजार इसा पूर्व आइसक्रिमको आविष्कार भएको थियो । पहिलो आइसक्रिम चामल र दूध मिसाएर बनाइएको थियो।
- क्षेत्रफलको हिसाबले विश्वको चौथो ठूलो देश चीनको भूभाग विशाल भए पनि एउटै टाइम जोनमा पर्छ अर्थात चीनको राष्ट्रिय समय एउटै छ।
- चीनमा कोइलाको अत्यधिक प्रयोगका कारण वायु प्रदूषण अत्यधिक छ । त्यसैले चीनमा शुद्ध वायुको क्यान किन्न पाइन्छ । त्यहाँ शुद्ध हावाको क्यान ५ युआनमा किन्न पाइन्छ । यस्ता हावाका क्यान विभिन्न प्रकारका छन्, जस्तै– तिब्बतको शुद्ध हावा, क्रान्तिकारी याहयान हावा र पोस्ट–इन्डस्ट्रियल ताइवान हावा।
- टोम्याटो केचअप पनि मूल रुपमा चीनबाट विकसित भएको हो भने मसलायुक्त माछाको सस पनि चीनबाट सुरु भएको हो।
- फुटबलको विकास पनि चीनमै भएको मानिन्छ । फिफा (फेडरेसन अफ इन्टरनेसनल फुटबल एसोसिएसन)का आठौं अध्यक्ष सेप ब्लाटर ले पनि फुटबल उत्पत्तिको श्रेय चीनलाई नै दिएका थिए । भनिन्छ इस्वी सम्वतको दोस्रो÷तेस्रो शताब्दीमा चीनमा फुटबलको उत्पत्ति भएको थियो । तर फिफा विश्वकपमा चीन अहिलेसम्म सन् २००२ मा मात्र क्वालिफाई भएको थियो, जसमा उसले विपक्षी टोलीविरुद्ध एक गोल पनि गर्न सकेन।
- आधिकारिक रुपमा चीन नास्तिक देश हो । तर त्यहाँ इटलीमाभन्दा धेरै इसाई छन् । करिब ५.४ करोड चिनियाँ इसाई धर्म मान्छन् भने इटलीको कूल जनसंख्या ४.७ करोड छ । इसाई धर्म अपनाउने चिनियाँको संख्या बढ्दै गएकाले चीन छिट्टै विश्वकै सबैभन्दा ठूलो इसाई देश बन्ने चर्चा गरिन्छ।
- चीनमा केही वर्षयता कुकुरको मासुको उपभोगमा कमी आएको छ । हिजोआज चिनियाँहरू कुकुर र बिराला घरमा पाल्न थालेका छन् । तर सर्पको मासु भने अझै पनि चिनियाँहरूको मनपर्ने भोजन हो।
- चीनमा दैनिक औसत १७ लाख सुँगुर/बंगुरको मासु खपत हुन्छ । त्यहाँ सुँगुर÷बंगुरको मासु सबैभन्दा धेरै मन पराइन्छ । तर न्यून आयका चिनियाँले सुँगुर÷बंगुरको मासु खान पाउनु सपना देखेजस्तै हुन्छ।
- चीनको स्वशासित क्षेत्र हङकङका बासिन्दा भने बिदा लिएर नै आफ्ना पूर्वजको चिहान सफा गर्न जान्छन्।
- चीनमा विवाह गर्दा महिलाले परम्परागत रातो रंगका पोसाक लगाउने प्रचलन छ । रातो रंगलाई त्यहाँ भाग्यशाली मानिन्छ भने सेतो रंगलाई यमराजको प्रतीक मानिन्छ।
- विश्वको कूल जनसंख्यामा चिनियाँ जनसंख्याको अनुपात अनुसार प्रत्येक पाँच जनामध्ये एक जना चिनियाँ पर्छ।
- सन् १९७८ मा चिनियाँ कम्युनिस्ट पार्टी पुँजीवादी बजार सिद्धान्त प्रस्तुत ग¥यो । सन् १९८० को दशकमा चीनले आफ्नो बजार विश्वका लागि खुला गरेपछि चीन विश्वको सबैभन्दा ठूलो वस्तु उत्पादक देश बन्यो । चीनको अर्थतन्त्र पछिल्ला ३० वर्षयता सन् २०१० सम्म वार्षिक १० प्रतिशतले वृद्धि भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।