विश्वमा भएको रक्तपातपछि सैन्य कमाण्डरले हतियारले निम्त्याएको विध्वंस पहिलो पल्ट महसुस गरे। उनीहरु सयौँ वर्षको विनास सम्झिँदै केही घातक हतियारको प्रयोग नगर्ने निष्कर्षमा पुगे। युद्ध जित्नै पर्ने अवस्थामा अन्तिम अस्त्र घातक हतियार नै हुन्थ्यो। अहिलेसम्म विभिन्न युद्धमा प्रयोग भएका घातक हतियार नियन्त्रणका लागि २९ वटा सन्धी भएका छन्। जसको उद्धेश्य विश्वलाई निशस्त्रीकरण गर्नु हो।
हालसम्म घातक मानिएका धेरै हतियार नष्ट गरिएका छन्। तर सूचना प्रविधिको बढ्दो प्रयोग र तीव्र विकासका कारण निशस्त्रीकरण मुख्य चुनौती बन्दै गएको छ।
घातक हतियारको प्रयोग पहिलो विश्वयुद्धदेखि भएको हो। रसायनिक हतियारको प्रयोग भएको युद्धमा करौडौं सैनिकले दुःखदायी मृत्युवरण गरे। त्यसैले सन् १९२५ मा एउटा सन्धी भयो, भावी युद्धमा रसायनिक हतियार प्रयोग नगर्ने सर्तमा। जसलाई अहिले पनि जेनेभा सन्धीको नामले उच्चारण गर्ने गरिन्छ।
विध्वंस मच्चाउने शक्तिशाली हतियार विरुद्ध थुप्रै सन्धी भएका छन्। सन्धीले विश्वमा शक्तिशाली हतियारको प्रयोग कम भएपनि विश्वलाई निःशस्त्र गर्ने काम चुनौतीपूर्ण बन्दै गइरहेको छ।
निशस्त्रीकरणको प्रमुख उद्धेश्य हतियारको भन्डारण कम गर्नु हो। यसले हतियारको परीक्षणलाई समेत रोक लगाएको छ। सन्धी अनुसार प्रतिबन्धित हतियारको परीक्षण वा प्रयोग युद्ध अपराध हो।
सन् १९०० देखि हालसम्म विश्वलाई निशस्त्रीकरण गर्ने उद्धेश्यले २१ वटा सन्धीपत्रमा हस्ताक्षर भएको छ। जसमा आणविक हतियार विरुद्ध १४, रसायनिक हतियार विरुद्ध २, जैविक हतियार विरुद्ध १, घरेलु हतियार विरुद्ध ८ र अन्य हतियार विरुद्ध ४ वटा सन्धी पत्रमा हस्ताक्षर भएको छ।
संयुक्त राष्ट्रसंघको निशस्त्रीकरण सप्ताह
अक्टोबर २४ देखि ३० सम्म संयुक्त राष्ट्रसंघले निशस्त्रीकरण सप्ताह मनाउँछ। यो अवधिमा सन्धीमा हस्ताक्षर गरेका सदस्य राष्ट्रले सन्धी कार्यान्वयनको प्रभावकारीता बारे छलफल गर्छन्। यस्तै हतियार व्यवस्थापन र नष्ट कहाँ आवश्यक छ, ती क्षेत्रको पहिचान गर्छन्। यसको उद्देश्य सामूहिकविनास गर्ने हतियारको उचित व्यवस्थापन गर्नु हो। सामूहिक विनास गर्ने जैविक हतियार व्यवस्थापनका लागि विभिन्न नीति अबलम्बन गरिएको छ।
जैविक हतियार व्यवस्थापन
पहिलो विश्वयुद्धदेखि यता जैविक हतियार प्रयोगमा आएको छैन। जैविक हतियार निषेधका लागि सन् १९२४ मा जेनेभा सन्धी भएको थियो। सन् १९७२ मा जैविक हतियार व्यवस्थापन सम्बन्धी सम्मलेनमा युद्धमा ती हतियार प्रयोग नगर्ने सहमति भएको थियो। सहमति कार्यान्वयन भए–नभए बारे अनुगमन गर्न कुनै संयन्त्र हालसम्म गठन भएको छैन।
रसायनिक हतियार
पहिलो विश्व युद्धताका रसायनिक हतियारको प्रयोग व्यापक भएको थियो। तर, दोस्रो विश्व युद्धमा यहुदीको सामूहिक नरसंम्हारबाहेक अन्य घटनामा रसायनिक हतियार प्रयोग भएन्। सन् १९९३ मा रसायनिक हतियारको प्रयोग नगर्ने सन्धी तयार भयो। जसअनुसार अनुगमन गर्ने संयन्त्र पनि तयार भयो। हालसम्म ९३ प्रतिशत रसायनिक हतियार पनि नष्ट गरिएको छ। सन्धीले रसायनिक हतियार प्रयोगलाई युद्ध अपराधको संज्ञा दिएको छ।
आणविक हतियार
आणविक हतियारको प्रयोग एकपटक मात्रै भएको छ। अमेरिकाले जापानको हिरोसिमा र नागासाकिमा दोस्रो विश्वयुद्धताका आणविक बम खसाएको थियो। अहिलेसम्म कुनै देश विरुद्ध पहिलो आणविक आक्रमण यो नै मानिन्छ। दोस्रो विश्वयुद्धपछि सुरु भएको अमेरिका र तत्कालिन सोभियत संघबीचको सित–युद्धका कारण आणविक भण्डारणले ठूलो महत्व राख्यो। त्यसैले सन् १९८५ मा आणविक हतियारको भण्डारण कम गर्न सन्धी पत्र पनि तयार भयो। ६० हजारको संख्यामा रहेको आणविक हतियारलाई १५ हजारमा न्युनीकरण गरियो। सन् २०२२ सम्म यसलाई पनि ७ हजारमा झार्ने सदस्य राष्ट्रको तयारी छ। आणविक हतियार न्युनीकरणमा महत्वपूर्ण योगदान पुर्याएका देशहरुको क्रियाशील संस्था आइक्यानले नोबेल पुरस्कारसमेत प्राप्त गरिसकेको छ। आइक्यानलाई यही वर्ष नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो।
बारुदी सुरुङ
युद्ध इतिहासलाई फर्किएर हेर्दा युद्धमा सबैभन्दा धेरै प्रयोग, बारुदी सुरुङमा भएको पाइन्छ। सबैभन्दा धेरै दोस्रो विश्वयुद्धमा यसको प्रयोग भएको थियो। लडाकुभन्दा बढी सर्वसधारण बारुदी सुरुङमा परेपछि यसको प्रयोग नगर्ने विषयमा बहस सुरु भएको थियो। जसअनुसार सन् १९७९ मा बारुदी सुरुङ प्रतिबन्ध गर्ने सन्धी पत्रमा हस्ताक्षर भयो। सन्धीमा १ सय ५९ राष्ट्रले हस्ताक्षर गरेसँगै ५ करोड १० लाख बारुदी सुरुङ नस्ट पारियो। यद्यपि बारुदी सुरुङ नष्ट पार्ने काम अझै चुनौतीपूर्ण छ। बारुदी सुरुङ सबैभन्दा धेरै प्रयोग गर्ने मुलुकमा बोस्निया, कम्बोडिया, अफगानिस्थान र इजिप्ट पर्छन्। बारुदी सुरुङ नष्ट गर्न कार्यमा क्रियाशील संस्था आइसिबिएललाई सन् १९९७ मा नोबेले शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो।
हवाइ गोलाबारी
हवाइ प्रयोग सोभियत संघले दोस्रो विश्वयुद्धताका गरेको हो। त्यसयता हवाई गोलाबारीमा ९८ प्रतिशत सर्वसाधारण घाइते भएका छन्। यो विरुद्ध पनि सन् २००८ मा १ सय ८ राष्ट्रले अन्धाधुन्द हवाइ गोलाबारी नगर्ने र प्रतिबन्ध लगाउने सन्धीमा हस्ताक्षर गरेका थिए। तर पछिल्लो समय सिरियामा सबैभन्दा धेरै हवाइ गोलाबारी भइरहेको छ।
हवाइ गोलाबारी विरुद्ध २९ वटा सन्धी भए पनि यो अझै जारी छ। सूचना प्रविधिको आधुनिकीकरणसँगै निःशस्त्रीकरणको मुद्धा झनै चुनौतीपूर्ण बन्दै गइरहेको छ। साइबर हमला, ड्रोन, स्याटलाइट प्रविधिका माध्यबाट हुने जासुसीले विश्व झनै असुरक्षित बन्दै गइरहेको छ। एजेन्सीको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।