चोटपटक लाग्दा होस् या शरीरका कुनै अंगमा दुखाइ हुँदा चिसो वा तातोले सेकाउने गरिन्छ। चिसो वा तातोले सेक्दा दुखाइ कम हुनका साथै केही दुखाइ निको हुने पनि गरेको छ। तर, कस्तो दुखाइमा केले सेक्ने भन्ने जानिएन भने, दुखाइ घट्नुको साटो बढ्न सक्छ। तसर्थ कुन दुखाइमा केले सेक्ने भन्नेबारे प्रस्ट हुनु राम्रो हो। सामान्यतः पुरानो दुखाइमा तातोले र ताजा दुखाइमा चिसोले सेक्नुपर्दछ। कस्तो दुखाइमा केले सेक्ने, जानीराखौँ सात सूत्रः
१. ताजा चोटका कारण शरीर सुन्निएको छ भने बरफले सेक्नुपर्छ।
२. बाथको समस्या हुँदा तातोले सेक्नुपर्छ, यसले रक्त प्रवाहलाई सहज बनाउँछ र दुखाइ कम हुन्छ।
३. टाउको दुख्दा, चिसो पानीमा भिजाएको कटनको पट्टीले सेक्नुपर्छ। यसले दुखाइ कम गराउँछ।
४. गर्धन दुख्दा तातोले सेक्नुपर्छ, तातोले सेक्दा गर्धनको मांशपेशीको दुखाइ घट्छ।
५. आँखा दुख्दा जहिले पनि चिसो पानीले सेक्नुपर्छ। चिसो पानीमा कटनको कपडा भिजाएर आँखा सेक्न सकिन्छ। यसले आँखाको थकान र दुखाइ कम हुन्छ।
६. ढाड दुख्दा तातो वस्तुले सेक्नुपर्छ, यसले रक्त प्रवाहमा सुधार ल्याउनुका साथै ढाडको दुखाइ घटाउँछ।
७. मांशपेशी दुखेको ठाउँमा तातोले सेक्नुपर्छ, यसले माशंपेशीलाई आनन्द प्रदान गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।