नयाँ दिल्ली (एजेन्सी)– शनिबार दुबईमा निधन भएकी बलिउड अभिनेत्री श्रीदेवीको आज अन्तिम संस्कार गरिँदै छ। भारत सरकारले राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्दै छ।
अन्तिम संस्कारका लागि श्रीदेवीलाई दुलही जसरी सजाएर लगिएको छ। श्रीदेवीलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न बलिउडका अधिकांश कलाकारका साथै सर्वसाधारण सेलिब्रेसन क्लब पुगेका थिए।
उनको निधन शनिबार राति दुबईमा भएको थियो र मृत्युको कारण दुर्घटनावश डुबेर भएको बताइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।