जनकपुर– प्रदेश २ मा आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ।
जनकपुरमा मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराएका छन्। थपिएका मन्त्रीहरुमा फोरमका ५ र राजपाका २ जना रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिश मिश्रले जानकारी दिए।
फोरमका २ मन्त्री र ३ राज्यमन्त्रीले सपथ ग्रहण गरेका हुन्।
सपथ लिएका मन्त्रीहरु
शैलेन्द्र साह– भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय (फोरम)
ज्ञानेन्द्र यादव– आन्तरिक मामिला तथा कानुन मन्त्रालय (फोरम)
नवलकिशोर साह– सामाजिक विकास (राजपा)
रामनरेश राय– उद्योग पर्यटन, वन तथा वातावरण (राजपा)
राज्यमन्त्रीहरु
सरोजकुमार सिंह– आन्तरिक मामिला तथा कानुन मन्त्रालय (फोरम)
उषा यादव – आर्थिक मामिला तथा योजना (फोरम)
योगेन्द्र यादव– भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय (फोरम)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।