काठमाडौं- सिभिल बैंकले लिलामीमा सेयर बिक्री गर्ने भएको छ। बैंकले जारी गरेको हकप्रदमा संस्थापक सेयरधनीले ठूलो संख्यामा सेयर खरिद नगरेपछि बैंकले लिलामी सेयर लिलामीमा बिक्री गर्न लागेको हो।
बैंकको संस्थापक र सर्वसाधारण दुवै गरी ४२ लाख ३८ हजार ९५८ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो। संस्थापक समूहतर्फ ३२ लाख ४४ हजार ६ र सर्वसाधारणतर्फ ९ लाख ९४ हजार ३५८ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो।
उक्त लिलामी सेयरमा फागुन २३ गतेदेखि चैत १ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ।
बैंकले लिलामी गर्न लागेको सेयरमा लक्ष्मी क्यापिटल मार्केट्स बनोश्वर काठमाडौं, लक्ष्मी बैंकको शाखा कार्यालयहरु वीरगन्ज, विराटनगर, वुटवल, पोखरा, सुर्खेत, नेपालगन्ज र धनगढीबाट आवेदन दिन सक्नेछन्।
बैंकले चुक्ता पुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन ४० प्रतिशत अर्थात् २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद मंसिर २२ देखि पुस २७ सम्म बिक्री खुला गरेको थियो । उक्त समयमा हकप्रद सेयर बिक्री नभएपछि बैंकले माघ १२ गतेसम्म समय थप गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।