• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

क्यान्सर विजेता अनुराग वशुको कथा

64x64
नेपाल लाइभ बुधबार, फागुन १६, २०७४  १०:३९
1140x725

चर्चित बलिउड निर्देशक अनुराग वशुको जीवन हिन्दी फिल्मको कहानीभन्दा कम छैन। छत्तिसगढको भिलाई सहरको गरिब परिवारबाट संघर्ष गरेर उनले बलिउडमा आफूलाई स्थापित गरे। उनको संघर्षसँग जब सफलताले घुँडा टेक्यो, त्यही बेला उनले क्यान्सरसँग संघर्ष गर्नुपर्‍यो। जब उनलाई थाहा भयो कि ब्लड क्यान्सरले ग्रसित बनाएको छ। त्यसपछि उनको शरीर बिस्तारै कमजोर हुँदै गयो। तर, उनको भित्री जुझारुपनले शरीरलाई कमजोर बनाउन दिएन। उनले यसलाई आफ्नो भाग्य मानेर स्वीकार गरे र यसविरुद्धको लडाइँको मैदानमा आत्मविश्वासको हतियार बोकेर उत्रिए। क्यान्सरविरुद्ध केमो लिँदै गर्दा उनले बनाए थिए फिल्म ‘ग्याङस्टर’। क्यान्सरसँगको लडाइँ जितेपछि उनले ‘बर्फी’, ‘लाइफ इन मेट्रो’लगायतका फिल्म बनाए। त्यसअघि नै बनाएका हुन्, ‘मर्डर’। उनी आफ्ना जीवनको यी दुई संघर्षको कथा यसरी सुनाउँछन् :

म छत्तिसगढको भिलाई सहरमा एक आम बंगाली परिवारमा हुर्केको हुँ। भिलाई एक यस्तो सहर हो, जो सांस्कृतिक रुपमा निकै सम्पन्न मानिन्छ। त्यसैले म त्यहाँ जन्मिन हुर्किन पाएकोमा आफूलाई माग्यमानी ठान्छु।

मेरा आमाबुवा थिएटरमा अभिनय गर्दथे। परन्तु ती दिन सफलताको सिँढी चढ्नका लागि केवल राम्रो पढाइ जरुरी रहेको सम्झिइन्थ्यो। थिएटरमा अभिनय गर्नु प्राप्तिभन्दा बढी कलाप्रतिको प्रेम थियो। जसोतसो हाम्रो घरबार त्यसैबाट चलेको थियो। 

त्यसैले मैले पनि इञ्जिनियरिङ पढेर आफ्नो वर्गउत्थान गर्ने सोच बनाएको थिएँ। इञ्जिनियरिङका लागि धेरै प्रवेश परीक्षा दिएँ। त्यो मेरो भाग्यको परीक्षा पनि थियो। तर, म असफल भएँ।

स्कुले दिनमा म सांस्कृतिक कार्यक्रममा बढी रुचि राख्थेँ। स्कुलका विभिन्न समारोहको सफलताका लागि गुरुहरु मतिर हेर्थे। मैले त्यही समय महसुस गरेको थिएँ कि म कथावाचनमा सिपालु छु।

त्यसपछि मैले इञ्जिनियर पढ्ने सोचाई त्यागिदिएँ। १२ कक्षा पास गरेपछि मैले बाआमासँग फिल्म निर्देशनमा जाने योजनाका बारेमा बताएँ। उहाँहरुलाई मनाउन एकदमै मुस्किल थिएन किनकि उहाँहरु कलाप्रेमी जमातकै एक हुनुहुन्थ्यो। त्यसपछि मैले थिएटरका कलाकारलाई नजिकबाट नियाल्न थालेँ। 

त्यो समय मुम्बई आउन सहज थिएन। मेरा लागि त झन् दिवा सपना जस्तै थियो। जब मैले ग्य्राजुएसन पूरा गरेँ, त्यसपछि मुम्बई लागेँ। मुम्बई पुगेको त थिएँ तर यहाँ टिक्न सजिलो छैन भन्ने मैले सुरुमै महसुस गरेँ। म निर्देशक बन्न चाहन्थेँ। यसको लागि  म कुन दिशातिर हिँड्नुपर्छ भन्ने अलिकति पनि मलाई थाहा थिएन। 

अरु त अरु फिल्म हस्तिका  नजिक पुग्न पनि निकै मुस्किल पर्यो मलाई। म धेरैपल्ट उनीहरुको नजिक जानबाट रोकिएँ। एकपल्ट मैले यतिसम्म महसुस गरेँ कि मुम्बई आउनु नै मेरो जीवनको सबैभन्दा ठूलो भूल थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

फेरि मैले एक दिन लक्ष्य तय गरेँ,  अबको १८ महिना संघर्ष गर्छु। त्यतिन्जेल पनि केही भएन भने म  झिटीगुन्टा बाँधेर फर्किन्छु। मैले यस्तो योजना पनि बनाएँ कि  कुनै पनि हालतमा फिल्मको सेटसम्म प्रवेश पाएँ भने केही न केही त गर्छु। 

त्यसपछि मैले फिल्म क्षेत्रका  सानातिना काम स्वीकारेँ। मैले ब्याकग्राउन्ड डान्सरको हैसियतमा काम गरेँ। सँगै मेकअप असिस्टन्टको काम लिएँ। त्यो समय स्याटलाइट टिभी खुब चलिरहेको थियो। मैले एक टिभी शो ‘तारा’का बारेमा जानकारी पाएँ। जहाँ मैले अडिसन दिएँ र असिस्टेन्ट डाइरेक्टरका रुपमा काम पाएँ। 

यसरी बिस्तारै मैले भिडियो शोहरु निर्देशन गर्ने मौका पाउँदै गएँ। काम सिक्दै गएँ। म ठूलो लक्ष्यका साथ आएको थिएँ। त्यसैले यी मेरा खुड्किला मात्रै लाग्थे। 

एकदिन महेश भट्टले मलाई फिल्म निर्देशनको प्रस्ताव गर्नुभयो। त्यो फिल्म ‘मर्डर’ थियो। जुन सुपरहिट भयो। त्यसपछि मेरो जीवन सफलताउन्मुख थियो। मेरो करिअरको ग्राफ उकालो लागिरहेको थियो। मेरो विवाह भइसकेको थियो र मेरी श्रीमती गर्भवती थिइन्। यही क्रममा एक दिन मलाई ठूलो झड्का लाग्यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मैले रगत बान्ता गरेँ। त्यसपछि अस्पताल लगियो। डाक्टरले बताए कि मलाई 'ब्लड क्यान्सर' भइसकेको छ। म यो विश्वास गर्न सकिरहेको थिइनँ कि यी सबैकुरा मलाई नै किन भइरहेका छन्?

क्यान्सर मेरो शरीरमा आगो जसरी फैलिरहेको थियो। म जिउने र मर्ने सम्भावनाको बीचमा थिएँ। डाक्टरले सम्भावनालाई ५०–५० प्रतिशत भनिरहेका थिए। 

एकदिन मलाई एउटा ठूलो अस्पतालमा सिफ्ट गरिँदै थियो। एम्बुलेन्सको यात्रा बडो भयावह थियो। मलाई स्वास लिन समस्या भइरहेको थियो। लागिरहेको थियो– कतै यही ट्राफिक जाममा परेर मेरो जीवनको अन्त्य त हुँदैन? 

म मेरो जन्मिँदै गरेको सन्तानको अनुहार हेर्न चाहन्थेँ। यही चाहनाले मेरो जीवनको धागो चुँडाल्न सकेको थिएन। म चाहन्थेँ कि तीन महिना अरु जिउन पाए पुग्थ्यो। किनभने मेरो सन्तान जन्मिन तीन महिना बाँकी थियो। त्यसपछि मैले स–साना लक्ष्य बनाउन सुरु गरिदिएँ। 

म त्यो कुरा गर्छु। जे म चाहन्छु। म सोच्ने गर्छु कि म जे गर्न गइरहेको छु, त्यसमा मज्जा आउँछ कि आउँदैन ? म मान्छु कि यदि म भाग्यमानी रहेछु भने मैले गरेको काममा मान्छेलाई मज्जा आउनेछ। 

बिरामी  हुनुभन्दा पहिला मेरो सोच यस्तो थिएन। म सोचिरहेको हुन्थेँ,  जे गरिरहेको छु, त्यसमा कति पैसा आउँछ? बिरामीपछि मेरो सोचमा यूटर्न आयो। आफू खुसी रहने हो र आफू वरिपरिकालाई खुसी पार्नुपर्छ। योभन्दा जरुरी संसारमा केही छैन। 

मैले ससाना कुरा गर्न सुरु गरेँ। यता मेरो शरीर रोगसँगै दिनदिनै परास्त भइरहेको थियो। म कतिदिन भेन्टिलेटरमा रहेँ। फेरि त्यहाँबाट फर्केर सामान्य बेडमा आएँ। म यस्तो सोच्थेँ कि भोलि बिहान देख्नका लागि रातभरि जिउँदो रहन्छु र बाहिर पनि निस्किन्छु। एकदिन म अस्पतालबाट बाहिर पनि निस्केँ। म ठिक हुँदै गएँ। तर, मलाई फिल्मको निर्देशन दिन सबै डराउन थाले। त्यसपछि फेरि म टिभी शोतिरै फर्किनुपर्यो। मैले सुरुवात शून्यबाटै गर्नुपर्ने भयो। यही दौरानमा मलाई फिल्म ‘ग्याङस्टर’ प्राप्त भयो। यो फिल्म मैले केमोथेरापी लिइरहेको समय गरेको थिएँ। 

यससँगै मैले लाइफ इन मेट्रोको घोषणा गरिदिएँ  र त्यसमा पनि काम गर्न सुरु गरिदिएँ। र, आज म त्यही गरिरहेको छु,  आफूलाई एउटा तार्गेट दिइरहेको छु। अर्को सालका लागि तार्गेट। अर्थात् फेरि एक वर्षको जीवनका लागि तार्गेट। जसले मलाई आगामी दिनका लागि बाँच्ने उत्प्रेरणा दिन्छन्। 

मलाई मेरा कामले मात्रै जिउँदो राख्न सक्छन् भन्ने मैले थाहा पाइसकेँ। जीवनले पनि यही अनुसार काम गर्ने रहेछ। म त्यस्तो कुनै विषयमा छुँदिनँ, जसले मलाई खुसी दिँदैन। फिल्म हिट होला कि नहोला, यसबारे त झन् म सोच्दै सोच्दिनँ। 

मैले कहिल्यै सोचेको थिएन कि आज म जहाँ छु, त्यहाँ पुग्छु। मैले एउटा बाटो समातेँ र हिडिरहेँ। गरेको बस् यत्ति हो। टिभीमा शो गरिरहँदा मलाई लागेको थिएन फिल्म पनि बनाउँछु। जे हुने रहेछ, त्यो त भगवानको इसारामा हुने रहेछ। 

म जहिल्यै भनिरहेको हुन्छु, दुनियाँमा दुई खालको मान्छे हुन्छन्। एउटा हथौडा जस्ता, अर्को किला जस्ता। किला जस्ता मान्छे गर्छन् र हथौडा जस्ता मान्छे गराउँछन्। 

तपाईं किला हुने हो कि हथौडा आफूले चुन्ने हो। किला हो भने भित्र छिर्दै जानुहोस्, हथौडा हो भने अर्कोलाई ठिक तरिकाले ठोक्नुहोस्। के बन्ने हो त्यो त तपाईंले चुन्ने हो। 

केनफोलिओज डटकमको ‘बशर कि विरासत’बाट 
अनुवाद : डिबी खड्का

प्रकाशित मिति: बुधबार, फागुन १६, २०७४  १०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्