इश्लामावाद- सर्वोच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई नेतृत्वमा रहन अयोग्य ठहर गरेपछि रिक्त रहेको सत्ताधारी दल पाकिस्तान मुस्मलिम लिग–नवाज (पिएमएल–एन) को अन्तरिम अध्यक्षमा शहवाज शरीफलाई छानिएको छ।
गत हप्ता यहाँको अदालतले शरीफ पिएमएल–एनको अध्यक्ष हुन अयोग्य रहेको निर्णय दिएको थियो।
पिएमएल–एनको ‘ट्वीटर अकाउन्ट’मा एक विज्ञप्ति जारी गर्दै नवाज शरीफले नेतृत्वका लागि अन्तरिम अध्यक्षमा आफ्ना भाइ शहवाज शरीफको नाम प्रस्ताव गरेको र लाहोरमा भएको दलको केन्द्रीय समितिले एकमतले अनुमोदन गरेको जनाइएको छ।
दलले नवाज शरीफलाई दलको आजीवन नेताका रूपमा अनुमोदन गरेको छ। उनले दलमा भने कुनै पद लिनेछैनन्।
भ्रष्टाचार आरोप लागेका पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफलाई निर्वाचन ऐन २०१७ विपरीत दलको अध्यक्षमा रहेको जनाउँदै परेको निवेदनमाथि अन्तिम फैसला सुनाउँदै पाकिस्तानी सर्वोच्च अदालतले गत हप्ता उहाँ पिएमएल–एनको अध्यक्ष रहन अयोग्य ठहर गरेको थियो। यसअघि सोही आरोपमा उक्त अदालतले नै उनलाई प्रधानमन्त्री रहन अयोग्य घोषणा गरेको थियो।
अदालतले संविधान बमोजिम अयोग्य ठहर भएको व्यक्तिले राजनीतिक दलको पनि कुनै पद लिनका लागि उपयुक्त नहुने ठहर गरेको थियो।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।