काठमाडौं– भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर गएराति अबेर नेपाल आइपुगेका छन्। युनिसेफको सद्भावना दूतको हैसियतमा उनी नेपाल आएका हुन्।
बाल अधिकारसम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले उनलाई नेपाल डाकेको हो। तेन्दुलकर शुक्रबार राति ११.०६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए।
.JPG)
Welcome @sachin_rt in Kathmandu. https://t.co/skJNq2HQUA pic.twitter.com/jn4ey8J1li
— UNICEF Nepal (@unicef_nepal) November 15, 2019
नेपाल भ्रमणका क्रममा उनले शनिबार बिहान किर्तिपुर स्थित टियू मैदानमा बालबालिकासँग क्रिकेट खेल्दैछन्। उक्त खेल १० ओभरको हुनेछ।
‘नेपाल आउँदा निकै खुसी लागेको छ।’, विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै तेन्दुलकरले भने। तेन्दुलकर नेपाल भ्रमण गर्ने अहिलेसम्मकै ‘हाई प्रोफाइल’ क्रिकेटर हुन्। उनी शनिबार नै स्वदेश फर्कंदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।