काठमाडौं– जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन्।
वीरगञ्जमा आयोजित महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउतले ९५८ मत प्राप्त गरेका छन् भने महासचिवमा सञ्जयकुमार यादव निर्वाचित भएका छन्।
अध्यक्षमा राउतको एकल उम्मेदवारी परेको थियो। यद्यपि, पार्टी विधानमा निर्वाचित हुन कुल सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले अध्यक्ष पदमा पनि मतदान गरिएको पार्टीले जनाएको छ।
महासचिवका तीन प्रतिस्पर्धीमध्ये सिरहाका सञ्जयकुमार यादवले ६१८ मत प्राप्त गरी जित हासिल गरेका छन्। उनका प्रतिस्पर्धी ममता झाले २२० र चन्दनकुमार सिंहले १६५ मत पाएका छन्।
झा र सिंहले विधानअनुसार आवश्यक २० प्रतिशत मतको सीमा पार गर्न नसकेको पार्टीले जनाएको छ।
उपमहासचिवमा सिरहाका निर्मलकुमार मण्डल ५०१ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा अनिताकुमारी मण्डल, अनितादेवी साह, नरेन्द्रप्रसाद चौधरी, बसन्तकुमार कुशवाहा, डा. जयकान्त राउत, राजयकुमार यादव र माधवप्रसाद सिंह निर्वाचित भएका छन्।
सात उपाध्यक्ष पदका लागि ११ जना प्रतिस्पर्धामा थिए। परमेश्वर मुर्मु, हरपाल सिंह सोडी, मनोहरा देवी बैठा र रोशन खातुन निर्वाचित हुन सकेनन्।
सचिवमा सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन्। सात सचिव पदका लागि नौ जनाले प्रतिस्पर्धा गरेका थिए। वीरे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।