• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २१, २०८३ Sat, Nov 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

'सहकारी संस्थागत साहु भए, बचतकर्ताको हितका लागि तोकिएको ब्याजदर कडाइका साथ लागू गर्नु’

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २९, २०७६  १७:२०
1140x725

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले बचतकर्ताको हितमा काम गर्न गठन भएका सहकारी संस्थाहरू संस्थागत साहु बन्न थालेको भन्दै उनीहरूको नियमन र अनुगमनमा कडाइ गरिने बताएका छन्।

गत साउन १९ गतेबाट लागू गरिएको सन्दर्भ ब्याजदर लागू हुन नसकेको विषयमा पनि सरकार कठोर भएर अघि बढ्ने बताए। 

शुक्रबार सहकारी पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको 'सहकारीमा सन्दर्भ ब्याजदर कार्यान्वयनको अवस्था' विषयक छलफल कार्यक्रममा बोल्दै सचिव गौतमले सहकारी ऐन २०७४ बमोजिम लागू भएको सन्दर्भ ब्याजदर जुनसुकै हालतमा लागू हुने जिकिर गरे।

‘सहकारी ऐनमा भएको व्यवस्थाअनुसार लागू गरिएको ब्याजदर लागू गर्न सक्दैनौं भन्ने अधिकार सहकारी संस्थाहरूले कहाँबाट पाए? यो विषयमा हाम्रो कुनै गुन्जायस छैन। ब्याजदर लागू हुन्छ,’गौतमले भने।

ब्याजदर कार्यान्वयन नगरेको भेटिए कारबाही गरिने पनि उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बचतकर्ताको हितका लागि खोलिएका सहकारी संस्थाहरूले आफ्नो सिद्धान्त विपरीत बचतकर्तामाथि नै ब्याजको भार थपिरहेको भन्दै सचिव गौतमले सरकारले बचतकर्ताको हितका लागि सन्दर्भ ब्याजदर तोकिएकोसमेत स्पष्ट पारे।

‘सरकारले तोकेको सन्दर्भ ब्याजदर सहकारी सदस्यका पक्षमा छ, सञ्चालकका पक्षमा छैन। सहकारी मुनाफा कमाउने उद्देश्यले खोलिँदैन। तर बढी मुनाफाका लागि सदस्यलाई ब्याजको भारी बोकाएर सहकारीले के गर्न खोजेको हो?’ उनले भने। 

सन्दर्भ ब्याजदर तोकिएसँगै सहकारी संस्थाहरू त्यसलाई कार्यान्वयन गर्न नसकिने र सरकारले बचत तथा ऋणमा तोकिदिएको ब्याजदरको सीमा संशोधन गरिनुपर्ने धारणा राख्दै आएका छन।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सचिव गौतमले भने पहिला कार्यान्वयन गर्नका लागि जोड दिनुपर्ने बताए। ‘सहकारी संस्थाहरू सन्दर्भ ब्याजदर पुनरावलोकन गर्नुपर्‍यो भन्दै जोडबल गरिरहेका छन। तर, उनीहरुले पहिला त्यसको कार्यान्वयन त गरेको हुन पर्यो नि। तोकको नियम कार्यान्वयन नगर्ने अनि सरकारले तोकेको नियम परिवर्तन गर्नुपर्‍यो भन्ने अधिकार उनीहरूलाई छैन,’ उनले भने। 

सहकारी विभागलाई सन्दर्भ ब्याजदर कार्यान्वयन भए–नभएको बारे सघन अनुगमन गर्न पनि सचिव गौतमले निर्देशन दिए। त्यस्तै हरेक स्थानीय तहलाई सहकारी सम्बन्धी कानुनको पालना गर्न गराउन पनि सरकारले पहल गरिरहेको बताए। 

सहकारी विभागले गत साउन १९ गतेबाट सहकारी संस्थामा बचत तथा ऋणको सन्दर्भ ब्याजदर तोकेको थियो। जसअनुसार सहकारी संस्थाहरूले अहिले कर्जामा अधिकतम १६ प्रतिशत र बचतमा १० प्रतिशत ब्याजदर तोकिएको छ।

सहकारी ऐन २०७४को दफा ५१ तथा सहकारी नियमावलीको परिच्छेद ५ बमोजिम सन्दर्भ ब्याजदर कार्यान्वयनमा ल्याइएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने
विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ : अर्थमन्त्री
प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशविरुद्धका उजुरी, संसदीय सुनुवाइ समितिमा छलफल
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ : अर्थमन्त्री शुक्रबार, कात्तिक २०, २०८३
प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशविरुद्धका उजुरी, संसदीय सुनुवाइ समितिमा छलफल शुक्रबार, कात्तिक २०, २०८३
पोखराको लगातार चौथो हार,प्लेअफको सम्भावना न्यून शुक्रबार, कात्तिक २०, २०८३
एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रमा २४ घण्टा उजुरी दिन सकिने शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
बालेनका सुरक्षा सल्लाहकार कार्की सरकार विरुद्ध सर्वोच्च अदालतमा बिहीबार, कात्तिक १९, २०८३
कांग्रेस सहमहामन्त्री सिवाकोटीलाई प्रहरीले बाेलायाे बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
प्रधानन्यायाधीशले बाेलाएकाे फुल काेर्ट बैठकमा के भयाे? शुक्रबार, कात्तिक १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्