• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

काठमाडौंका अस्पतालले ‘नसकेका’ अपरेशन जिल्लामै गर्ने हिम्मत भएकी डा सुमित्रा

64x64
नेपाल लाइभ मंगलबार, फागुन १५, २०७४  १९:५४
1140x725

सिन्धुली जिल्ला अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलाई स्वास्थ्य मन्त्रालयबाट फागुन १४ गते फोन आयो। फोन गर्नेले कारण खुलाएनन्। यत्ति भनिदिए, ‘फागुन १५ गते बिहान ९ बजेसम्म जसरी पनि स्वास्थ्य मन्त्रालय आइपुग्नुहोला। अस्पतालबाट आजै हिँड्नुहोला।’

निमित्त मेसु डा गौतमलाई लाग्यो, ‘सरकार परिवर्तन भइरहेको छ। मलाई निमित्तबाट हटाउन बोलाइएको होला।’

उनलाई पदको लोभ थिएन। तर, आफूले अपरेशन गरेर बेडमा भर्ना गरेका १७ जना महिलाको चिन्ता लाग्यो। स्त्री तथा प्रसूति रोग विशेषज्ञ समेत रहेकी उनले फोन गर्ने मान्छेलाई सोझै भनिन्, ‘भएको जुनसुकै निर्णय स्वीकार छ। तर, अहिले म आउन सक्दिनँ। मैले ३५ देखि ८९ वर्षसम्मका महिलाको अपरेशन गरेर उपचार गरिरहेकी छु।’

उनको यसो भनेपछि निमित्त मेसुबाट हटाउन होइन, पुरस्कृत गर्न बोलाइएको जानकारी गराइयो। तर, समस्या त उही थियो। उनले अपरेशन गरेर निगरानीमा राखिएका महिलालाई छाड्न सकिनन्। सबै व्यवस्था मिलाएर उनी १५ गते राति हिँडेर बिहान काठमाडौं आइपुगिन्, पुरस्कृत हुने समयभन्दा केही अगाडि मात्रै।

बिरामीप्रतिको यही जिम्मेवारीबोध र प्रेम हो, उनलाई यस वर्ष उत्कृष्ट डाक्टरका रुपमा स्वास्थ्य सेवा पुरस्कार दिलाउने। पुरस्कार पाएपछि उनलाई लागेको छ, ‘काम गर्दै जाँदा कसै न कसैले मूल्यांकन गरिरहेको हुँदो रहेछ।’

जो शहर आउन चाहिनन् 

नेपाल सरकार अन्तर्गतको स्वास्थ्य सेवामा उनी २०६३ सालमा प्रवेश गरेकी हुन्। उनलाई विशेषज्ञता हासिल गरेपछि ग्रामीण भेगमा गएर उपचार सेवा दिने चाहना थियो। साथै, खटिएको ठाउँमा आफूले जानेको कुरा गर्न पाइयोस् भन्ने हुटहुटी पनि थियो। उनलाई सरुवा गरेर सर्लाही जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र पठाइयो।

Ncell 2
Ncell 2
nimb
nimb

आफूले सिकेको उपचार तथा शल्यक्रिया सेवा दिन सक्ने वातावरण उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा नदेखेपछि उनको मन कुँढियो। उनले आफ्नो सीप उपयोग हुनसक्ने ठाउँमा सरुवा गरिदिन भनिन्। तर, स्थानीयले पहिलोपल्ट विशेषज्ञ डाक्टर पाएका थिए। त्यसको खुसी मनाइरहेका उनीहरुले उनलाई आफ्नो ठाउँ नछाड्न आग्रह गरे। उनले त्यहीँ बसेर सेवा दिन थालिन्। 

उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा एकैदिनमा ३ सय जनासम्म बिरामी आउन थाले। उनलाई भ्याइनभ्याई थियो। त्यहीँ सेवा दिने क्रममा उनले लोकसेवा परीक्षा दिएर नवौं तहमा नाम निकालिन्। त्यहाँ नवौं तहको दरबन्दी नभएपछि सिन्धुली जिल्ला अस्पताल सरुवा भइन्। 

न्याम्समा एमडी गर्दा काम गरेको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका सहकर्मी र प्रोफेसरले डा सुमित्रालाई भुल्न सकेका छैनन्। किनभने त्यो समयमै उनले केही ‘टफ लेभल’का अपरेशन गरेकी थिइन्। 

उनी भन्छिन्, ‘त्यहीँ फर्कन मलाई बेलाबेला आग्रह आउने गरेको छ। तर, म केही वर्ष गाउँकै महिलाको सेवा गर्छु भनेर फर्किन चाहिरहेकी छैन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

न्याम्सकी गोल्ड मेडलिस्ट

रुपन्देही जिल्लाको एक मध्यम वर्गीय परिवारमा जन्मिएकी उनले धेरै वटा स्कुल फेर्नुपर्‍यो। पिता सरकारी कर्मचारी भएकाले जता पोस्टिङ भयो त्यतै पुग्थिन्। कहिले भने आफन्तकोमा बसेर पढ्थिन्। ठाउँ बदलिरहे पनि उनको पढाइको धार सधैं धारिलो रहिरह्यो। उनी भन्छिन्, ‘अहिलेसम्म कुनै पनि परीक्षा दोहोर्‍याएर दिनुपरेको छैन।’ 

नेपालगञ्ज मेडिकल कलेजबाट एमबिबिएस गरेकी उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट स्त्री तथा प्रसूति रोगमा एमडी गरेकी हुन्। एमडीमा उनको ब्याचकी गोल्ड मेडलिस्ट हुन्। 

जसको नाउँमा दिनमै डेढ सय टिकट कट्छ

सिन्धुली जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ। यसमा डा गौतमको ठूलो योगदान छ। जिल्लाभर उनको नाम यसरी फैलिरहेको छ, दिनमै डेढ सय बिरामी उनैलाई देखाउन भनेर टिकट लिन्छन्। उनलाई देखाउन अस्पतालमा बिरामीको चाप हुने भएपछि व्यस्तता बढ्ने नै भयो। त्यसैले उनलाई निजी चिकित्सकीय अभ्यास गर्न छुट छैन। 

उनले अस्पतालको गुणस्तर पनि निकै बढाएकी छिन्। उनी त्यहाँ पुग्दा गुणस्तरको अवस्था ६२ नम्बरमा थियो, अहिले ८९ बनाएकी छन्। यसलाई उनी आफ्नो सफलता ठान्छिन्। जिल्ला अस्पतालमा २४सै घन्टा इमर्जेन्सी, ल्याब र एक्स–रे सेवा छ। 

दाउमा ज्यान र करिअर

अस्पतालका लागि डा सुमित्राले आफूलाई यसरी समर्पित गरेकी छन्, उनी सम्भव भएसम्मका प्रयास गर्ने गर्छिन्। चाहिने जति सहयोगी र उपकरण नभए पनि उनले जोखिम मोलेर अपरेसन गरिरहेकी छन्। उनी भन्छिन्, ‘बिरामीको अवस्था हेरेर मैले मेरो जीवन र करिअर दाउमा राखेकी छु।’

पछिल्लो समय समाज डाक्टरप्रति असहिष्णु हुँदै गएको हो कि भन्ने महसुस पनि उनलाई भएको छ। डाक्टरले गल्ती नगर्दा पनि हुने भवितव्यले आफू र आफ्नो परिवार नै जोखिममा रहेको महसुस उनले गरेकी छन्। त्यसैले १० वर्ष पनि नकटेको एकमात्र सन्तान दिदीको घरमा छाडेर उनले सेवा दिइरहेकी छिन्।  

भन्छिन्, ‘म केही यस्ता ठाउँ बसेकी छु। जहाँ हामीले बिरामीलाई समय दिन नसक्दा वा भवितव्य पर्दा परिवारलाई समस्यामा पारिन्छ।’

वर्षमा बढीमा १० दिन परिवारसँग बिताउन पाएको उनी बताउँछिन्। उनले भनिन्, ‘दशैंको टीका लगाउन पनि एक दिन घर आइन्छ। तर, पोष्टमार्टम आएको छ वा अरु समस्या छ भनेर प्रमुख जिल्ला अधिकारीको फोन आएर फर्किनुपरेको छ।’

काठमाडौंका अस्पतालले ‘नसकेका’ अपरेशन गर्ने हिम्मत

उनले केही त्यस्ता बिरामीको अपरेशन गरेकी छिन्। जुन काठमाडौंका ठूला अस्पतालले ‘नसकिने’ भनेर फर्काएका थिए। उनले मन्तव्यका क्रममा भनिन्, ‘अन्य कम्पिलिकेसन रहेका कारण ओम र मोडेल अस्पतालले ‘नसकिने’ भनेर फर्काएका बिरामीको अपरेशन गरेकी छु।’

पाठेघर खसेर समस्यामा परेका ती बिरामीको अवस्था उनले टुलुटुलु हेर्न सकिनन्। भन्छिन्, ‘उनीहरुको अवस्था नै यस्तो थियो, मैले हुँदैन भन्नै सकिनँ।’ 

उनले जोखिम उठाइन्। अहिले ती बिरामीले समस्याबाट मुक्ति पाएका छन्। एउटा एनेस्थेसिया भइदियो भने आफ्नो विशेषज्ञता क्षेत्रका बिरामीलाई जिल्लाबाट रिफर नै नगर्ने आँट उनमा छ। 

सेवा–सुविधामा उदासीन सरकार

डा गौतम जस्ता आफ्नै हुटहुटीले सेवा दिइरहेका डाक्टरका कारण नेपालको स्वास्थ्य सेवा धानिएको छ। तर, डाक्टरलाई पर्याप्त सेवा–सुविधा दिने कुरामा सरकार सधैं उदासीन छ। यो कुराले उनलाई पनि कहिलेकाहीँ पिरोल्छ। उनी भन्छिन्, ‘मेरो त परिवारले सहयोग गर्छ र सेवा–सुविधा नहेरी सेवा दिइरहेकी छु। सबैको त्यस्तो हुँदैन, त्यसैले सरकारले सोच्नुपर्छ।’

एमबिबिएस र एमडी गर्दा लाखौं खर्च गरेका डाक्टरलाई अहिलेको सेवा–सुविधाले बाँध्न नसक्ने उनको अनुभव छ। उनले खुलाइन्, ‘सञ्चय कोष काटेर लगभग ४० हजार रुपैयाँ महिनामा मैले पाइरहेकी छु। यति तलबले पुग्छ र?’

सीमित तलबले गाह्रो भएपछि डाक्टरहरु निजी अभ्यास गर्न बाध्य रहेको उनले बताइन्। तर, अस्पतालप्रति समर्पित हुने डाक्टरले निजी अभ्यास गर्न कहाँ पाउँछन् र? उनले पनि पाइरहेकी छैनन्। भन्छिन्, ‘बिहान ९ बजेदेखि बेलुकी ९ बजेसम्मै अस्पतालमै व्यस्त भइन्छ। कुन समय निजी अभ्यास गर्नु?’ 

'पैसाका लागि नचिरौं महिलाका पेट'

सिजेरियन सेक्सनबाट बच्चा जन्माउने अस्पताल र डाक्टरको संख्या वृद्धि भइरहेको छ। तर, डा गौतमले पढ्दा पाएको शिक्षा अझै दिमागमा राखेर काम गरिरहेकी छिन्। उनी भन्छिन्, ‘सकेसम्म सामान्य तरिकाले प्रसूति गराउन कोसिस गर्नुपर्छ भनेर हामीलाई गुरुहरुले भन्नुहुन्थ्यो। हामीले सरकारले तोकेको १५ प्रतिशतभन्दा कम नै सिजेरियन सेक्सनबाट प्रसूति गराइरहेका छौं।’

औसतमा मासिक सय जना जति प्रसूतिका लागि जिल्ला अस्पताल सिन्धुली आउँछन्। बढीमा १० देखि १२ जनाको मात्रै सिजेरियन सेक्सन गराउने गरेको उनले बताइन्। भनिन्, ‘सिजेरियन सेक्सनबाट प्रसूति गराउने हो भने २० मिनेट मात्रै लाग्छ। तर, सामान्य तरिकाले प्रसूति गराउन एक महिलालाई २४ देखि ४८ घन्टा हेर्नुपर्छ।’

पाठेघर खसेका सबैलाई सेवा दिने चाहना

डा गौतम सिन्धुली जिल्लाभरिकै पाठेघर खसेर समस्यामा परेका महिलाको उपचार गर्न चाहन्छिन्। तर, नेपाल सरकारको निःशुल्क सेवाभित्र पर्ने यसका लागि सीमा तोकिएको छ। वर्षमा २५ जनाको उपचार गर्ने बजेट दिइएको छ। त्यसैले डा गौतमले चाहेर पनि यसभन्दा धेरै गर्न सकिरहेकी छैनन्। 

यस वर्ष उनले नगर र गाउँपालिकासँग समन्वय गरिरहेकी छिन्। केहीले चासो समेत देखाएर बजेट छुट्याइसकेका छन्। उनी भन्छिन्, ‘आफ्नो गाउँपालिकाभित्रका पाठघेर खसेका महिलाको उपचारका लागि बजेट छुट्याउन भनेकी छु।’

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०७४  १९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्