• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

आलमलाई थुनामा पठाउने जिल्ला अदालतकाे आदेश

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २९, २०७६  १७:१७
1140x725

काठमाडौं– जिल्ला अदालत रौतहटले जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमलाई पूर्पक्षका लागि थुनामा पठाएको छ।

१० दिनदेखि चलिरहेको आलमको मुद्दामा थुनछेक आदेश सुनाउँदै जिल्ला अदालतले शुक्रबार उनलाई थुनामा पठाएको हो। 

अदालतमा पेस भएको प्रारम्भिक प्रमाणका आधारमा आलम निर्दोष रहेको ठहर नभएकाले पूर्पक्षका लागि थुनामा पठाउने आदेश जिल्ला अदालतले गरेको हो।

जिल्ला अदालतको आदेशपछि आलम फैसला नभएसम्मका लागि थुनामा गएका छन्। तर उनीहरू त्यसविरुद्ध उच्च हुँदै सर्वोच्चसम्म जाने बाटो भने बाँकी रहेको छ।

आलमलाई ४५ वर्ष कैद सजायको माग सरकारी वकिलको कार्यालय, रौतहटले गरेको थियो। आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने जिकिर  आरोपपत्रमा गरिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

जिल्ला सरकारी वकिल कार्यालयले बम विष्फोटन घटनामा संलग्न तथा घटना ढाकछोप गर्न सहयोग गर्नेसमेत ११ जना विरुद्ध मुद्दा दायर गरेको थियो।

त्यसमध्ये आलमसहित १० जनालाई जन्मकैद र १ प्रतिवादीलाई कम सजाय माग गरिएको छ। पूर्वमन्त्रीसमेत रहेका आलमसहित उनका भाइ महताब आलम, सहयोगीहरू मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्रि सहनी र मुक्ति साहलाई प्रतिवादी बनाइएको छ। 

८ सय पृष्ठको आरोपपत्र
आलमविरुद्ध सरकारी वकिल कार्यालयले ८ सय पृष्ठ लामो अभियोगपत्र दायर गरेको छ। आरोपत्रपमा तत्कालीन समयमा गरेको अनुसन्धानदेखि सर्वोच्च अदालतमा दायर भएका दुई मुद्दाको कुरा समावेश भएको छ। सरकारी वकिलको कार्यालयले पेस गरेको अभियोगपत्रमा घटनास्थलमा भेटिएको स्वेटर, लासका टुक्रा र घटनाको मुचुल्का समेतलाई आरोपपत्रले समेटेको छ।

घटनाको समयमा देख्न एक प्रतिवादीले तत्कालीन समयमा गरेको बयानलाई पनि आरोपपत्रमा समावेश गरिएको छ। आरोपपत्रमा आलमले निर्दयी रुपमा मानिस मारेको जिकिर आरोपपत्रमा गरिएको छ। गत असोज २६ गते पक्राउ परेका आलमलाई २० दिनसम्म नियन्त्रणमा राखेर जिल्ला प्रहरी कार्यालयले घटनाको तहगत अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन आठ सय पृष्ठ लामो अनुसन्धान प्रतिवेदन गत शुक्रबार सरकारी वकिललाई बुझाएको थियो।

सोही अनुसन्धान प्रतिवेदनको आधारमा सोमबार आलमसमेत ११ जना विरुद्ध मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख खडिन्द्रराज कटुवालले जनाए। आलमबाहेक १० जना फरार छन्। रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका नेता आलम २०६४ चैत २७ गते बम विष्फोटमा घाइते भएका २ नेपालीसमेत करिब २ दर्जन युवालाई जिउँदै इँटाभट्टामा झोंसेर जलाएको अभियोगमा गत असोज २६ गते पक्राउ परेका हुन्।

आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा विष्फोटन पदार्थसम्बन्धी तीन मुद्दा चलाउन रायसहित जिल्ला प्रहरी कार्यालयले शुक्रबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। चैत २७ गते भएको उक्त विष्फोटनमा परी रौतहट, चारुअठाका त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको मृत्यु भएको छ।

बमको छर्रा लागेर घाइते भएका उनीहरूलाई घटना बाहिरिन नदिन आलमले जिउँदै इँटाभट्टामा हालेर जलाएको भन्दै दुवै परिवारले तत्कालीन समयमै किटानी जाहेरी दर्ता गराएका थिए।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६  १७:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशीको भेलले कारागार घेर्दा ५० कैदी फरार, सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर फर्काए : प्रधानमन्त्री
सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको आश्वासन: सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता गर्दैन
बाढीपीडितका लागि नेकपाको २४ बुँदे प्रस्ताव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशीको भेलले कारागार घेर्दा ५० कैदी फरार, सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर फर्काए : प्रधानमन्त्री आइतबार, भदौ २१, २०८३
सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको आश्वासन: सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता गर्दैन आइतबार, भदौ २१, २०८३
बाढीपीडितका लागि नेकपाको २४ बुँदे प्रस्ताव आइतबार, भदौ २१, २०८३
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी आइतबार, भदौ २१, २०८३
आज दिनभर खोज तथा उद्धारमा के–के भयो? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्