• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ४, २०८३ Thu, Aug 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘म बिपीको पाँचौं भाइ’

64x64
पुष्पा केसी शुक्रबार, कात्तिक २९, २०७६  १६:३३
1140x725

अहिले सभ्य भाषामा आफूलाई लागेको जे कुरा पनि बोल्न पाइन्छ। जसविरुद्ध पनि विचार प्रवाह गर्न पाइन्छ। सामाजिक सञ्जालमा उन्मुक्त आवाजसहित प्रस्तुत भइरहेको वर्तमान पुस्तासँग आवाज प्रतिबन्ध अवस्थाको अनुभव छैन। देशको राजनीतिक र सामाजिक अवस्थालाई वर्तमान अवस्थासम्म ल्याइपुर्‍याउनेमध्ये केही अझै हामीमाझ छन्। जो आजको लोकतान्त्रिक देश कल्पेर तानाशाहरुसँग लडेका हुन्। बोल्न पाउने व्यवस्था ल्याउन लडेका मान्छेका कथा नेपाल लाइभले शृंखलाबद्ध रुपमा प्रस्तुत गरिरहेको छ। यो शृंखलामा भरतप्रसाद उप्रेतीको संघर्ष, संस्मरण र अनुभूति प्रस्तुत गरिएको छ । 

धादिङ नौबीसेका उप्रेती अध्ययनका लागि ११ वर्षको उमेरमा काठमाडौं आएपुगे। एकमात्र उद्देश्य पढ्नु थियो। तर, समयले उनलाई पूर्णकालीन राजनीतिकर्मी बनायो।

राणा शासनको समयमा उनी १५ वर्षकै उमेरमा राजनीतिमा होमिए। उप्रेतीलाई त्यतिबेला नेपाली कांग्रेस भनेको थाहा थिएन। न त राजनीतिमा कुनै चासो थियो। तर, २००७ सालको आन्दोलन हुँदा उनी १७ वर्षका थिए भने क्रान्तिमा होमिएको दुई वर्ष भइसकेको थियो।

उनलाई राजनीतितर्फ रुचि जगाउने उनकै ट्युसन शिक्षक थिए।  कक्षा ९ मा उप्रेतीलाई ट्युसन पढ्नुपर्ने भयो। धादिङबाट काठमाडौंको दरबार स्कुल पढ्न आइपुगेका उनको पढाइ केही कमजोर भएकाले ट्युसन शिक्षक खोजियो। उनलाई ट्युसन पढाउन आइपुगे शिक्षक नरहरि दवाडी। 

ती शिक्षक कोर्सका किताब त पढाउँथे। सँगै शासन व्यवस्था र समाजका कुरा पनि गरिरहन्थे। सरले भनेपछि सबथोक सही ठान्ने जमानामा शिष्यहरुले सुनिरहे। 

कक्षा कोठामा कोर्सभन्दा कोर्सबाहिरको कुरामा बढी रुचि हुन्छ विद्यार्थीको। दवाडी सरले विस्तारै ट्युसनमा कोर्सभन्दा बढी कांग्रेसका कुरा पढाउन थाले, उनी पनि कोर्सका कुराभन्दा बढी रुचि दिएर सुन्न थाले।

पढाइमा प्रखर बनाउन ल्याइएका मास्टरले सन्तानलाई कांग्रेस बनाइसकेको अभिभावकलाई निकै पछि थाहा भयो। स्वयं उप्रेतीले समेत मनमा नयाँ व्यवस्थाका लागि आफूले लड्नुपर्ने महसुस गर्दै गएपछि थाहा पाए, ‘कांग्रेस पो भइछ!’

कांग्रेस अर्थात् राणाशासन विरुद्धको विप्लवी। उप्रेतीलाई विप्लवी बनाउने दवाडी सर राजा त्रिुभवनले खटाएका व्यक्ति भएको थाहा पाउन त उनलाई अझै धेरै समय लाग्यो। 

nimb
nimb
Ncell 2
Ncell 2

उप्रेतीसँगै उनका साथी ट्युसनकै कारण विद्रोही भए। दवाडी सरले ट्युसनमा राणा शासनविरुद्ध होमिएका नेता गणेशमान सिंह र बिपी कोइरालाका अनेकन कथा सुनाए। कलिलो मस्तिष्कमा नेताद्वयको प्रभाव पारिदिए।

दवाडी सर दरबारले खटाएका व्यक्ति थिए। त्यसैले उनीसँग सबै सूचना हुन्थे। त्यसैले बिपी र गणेशमानसँग जोडिएका अनेक कथा सुनाउँथे। त्यसमध्ये गणेशमानसँग जोडिएको एउटा कथा सुनाएका थिए। जुन अहिले पनि उनले सम्झिरहेका छन्।

उप्रेतीले दवाडी सरले सुनाए अनुसारको गणेमानको ‘जेल–ब्रेक’ कथा सुनाए– त्यो समय राणा शासनले चार जनालाई फासीको र गणेशमानजीलाई आजीवन काराबासको सजाय सुनायो। गणेशमान जेलमै हुनुहुन्थ्यो। करेन्ट जोडेको पर्खालमा छाला राखेर हाम फाल्नुभयो, सिस्नुघारी नजिक। करिब १० मिटर पर हाइअलर्टमा हतियार लिएर बसेको प्रहरी रहेछ। पर्खालबाट हाम फाल्दा आवाज आयो। दुई जना बन्दुकधारी प्रहरी दौडेर पुगे। यताउति हेरे। त्यो सिस्नुघारी नजिकै गाई रहेछ। गाईकै मुनि लुकेछन्, गणेशमान। गाई मात्रै देखेपछि पुलिस फर्कियो। गणेशमान त्यही गाईको मुनि लुक्दै, विस्तारै गाई अघि बढाउँदै, सँगसँगै नरदेवी पुग्नुभएछ। गणेशमानजी त्यही गाईलाई साक्षात नरदेवी हुन्, मलाईं त्यहाँ लिन गएको भन्नुहुन्थ्यो। 

आफूलाई ट्युसनमा दवाडी सरले सुनाएको यो कथाको पछि उप्रेतीले गणेशमानलाई भेटेर सत्यता जाँच गरे। गणेशमानले सही रहेको बताए। बिपीको साहस, व्यक्तित्व र क्षमताका  विषयमा पनि यस्तै अनेक कथा सुनाउँथे दवाडी सर। क्रान्तिको समयमा सरले भनेका कुरालाई सजिलै पत्याउने वातावरण थियो।

त्यही समय दवाडीले परोपकार संस्थाका सञ्चालक दयावीरसिंह कंसाकारसँग भेटाइदिए। उनी पनि दरबारबाटै सञ्चालित रहेछन्। उप्रेती लगायतलाई विद्यालयमै पोख्त बनाएर काम गर्न सक्ने भइसकेपछि कंसाकारको जिम्मा लगाइयो।  

दरबारबाट सञ्चालित मानिसहरुको संगठन ठूलो रहेछ। त्यही संगठनमा उप्रेती र उनको साथीलाई पनि कांग्रेसबारे कोचिङ क्लास दिन थालियो। ‘गोप्य कोठामा अहिले क्रान्तिको आवश्यकता किन पर्‍यो? यसको आवश्यकता के छ?’ लगायत सबै कुरा कोचिङ क्लासमै सिकाइन्थ्यो। त्यहीँबाट उनलाई कहिले पर्चा टाँस्न पठाउने र कहिले अन्य काममा लगाउन थालियो। 

राष्ट्र संघको टोली आउँदा एयरपोर्ट जाम
विक्रम संवत् २००७ साल कात्तिक २५ गते राजा त्रिभुवन भारत निर्वासनमा गए। कांग्रेसले यता नेपालमा युद्ध छेड्यो। भारत जाँदा उप्रेती सम्बद्ध संगठनका सबै व्यक्ति राजा त्रिभुवनलाई पुर्‍याउन एयरपोर्टमा गए। त्रिभुवन दिल्लीमै बसेका थिए। यता राणा प्रधानमन्त्री मोहनशमशेरसँग पनि कुराकानी चलिरहेको थियो।

राष्ट्रसंघबाट पाँच जनाको टोली नेपालको स्थिति बुझ्न एयरपोर्ट आयो। ‘साँच्चिकै नेपालका जनता आन्दोलित छन् कि छैनन्? यो व्यवस्थालाई जनताले विरोध गरेको हो कि होइन? विरोधको स्वरुप कति व्यापक छ?’ भन्ने जाँच्न उनीहरु नेपाल आउँदैछन् भन्ने खबर उप्रेतीहरुलाई आयो। 

राष्ट्र संघको टोली आउने बेला उप्रेतीलगायत संगठनमा आवद्ध सबै जना एयरपोर्टमै ओइरिए। ‘एयरपोर्ट नै जाम गराइयो। जब, प्लेन ल्यान्ड गर्‍यो, प्लेनमाथि नै चढेर हामीले जिन्दावाद र मुर्दावादको नारा लगाउन थाल्यौं,’ उनले सम्झिए, ‘प्लेनको पखेटामा समेत मानिसहरु चढेपछि भीड उत्तेजित बन्यो।’

त्यसपछि एअरपोर्टमा लफडा भएको थाहा पाएर सर्वसाधारण पनि हेर्न पुगेछन्। राष्ट्रसंघको टोली सबै हेरेर त्यहीँबाट फर्कियो। त्यहाँको दृश्य पनि खिचेर लगे।

उनीहरु फर्केपछि मात्रै आफूहरु एअरपोर्टबाट निस्किएको उप्रेती स्मरण गर्छन्। त्यो समय संगठनका २९ जनामध्ये २७ जना समातिए। समातिएकालाई टुँडिखेलमा राखेर पुलिसले नराम्ररी कुट्यो। 

उप्रेती र उनका जेठान भने जोगिएर घर पुगे। घर पुगेर खाना खान नपाउँदै २७ जना पक्राउ परेको खबर पुग्यो। खबर गर्नेले भन्यो, ‘तिमीहरुलाई बाँच्नु छ भने दौडिहाल।’

उनीहरु टोलकै अर्को घरमा लुके। घरबाट निस्किएको पाँच मिनेट नहुँदै पुलिस त्यहाँ पुग्यो। परिवारको रुवाबासी चल्यो। 
बिहानै जेठानसँग उप्रेती हिँड्दै कालिमाटी पुगेर थानकोट जाने गाडीमा चढे। त्यहाँबाट नौबीसे पुगे। हिँडेर तीन दिन लाग्ने छेवाङ्ग भन्ने ठाउँमा उनीहरु एकैदिनमा पुगे। त्यसपछि दुई महिनासम्म उनीहरु भारत निर्वासनमा गए। पछि राणा सरकारसँग सहमति भएपछि मात्र नेपाल फर्किए।

२००७ सालको सहमतिपछि राणा र कांग्रेसको सरकार बन्यो। बिपीले संगठनका सबै कार्यकर्तालाई निर्देशन दिए। उप्रेती पनि संगठन बनाउन जिल्लातर्फ लागे। तर ६ महिनापछि नै राणा र कांग्रेसको सरकार भङ्ग भयो। फेरि उनीहरु काठमाडौं आए।

निर्वाचनको माग गर्दै रत्नपार्कमा सत्याग्रह
२०१४ सालमा निर्वाचनको माग गर्दै काठमाडौंमा कांग्रेसले ठूलो सत्याग्रह गर्‍यो। पुस महिनामा पानी परेको दिनका पनि रत्नपार्क अगाडि सडकमा सुतेको अनुभव सुनाउँछन् उनी। काठमाडौं जिल्लामा त्यो सत्याग्रह १५ दिनजति चल्यो। पन्ध्र दिनपछि मान्छेहरु नै पुगेनन्।

गणेशमान सिंहले धादिङका लागि उप्रेतीलाई खबर गरे। पुस महिनाको पानी परेको दिनमा ९९ जना सत्याग्रही धादिङबाट आएर सत्याग्रहको बाँकी दिन पूरा गरे। धादिङबाट आएकाहरुलाई पनि पक्राउ गरियो। तर, राजाले ढिलै भए पनि निर्वाचनको घोषणा गरे। त्यसपछि जेलमा थुनेकालाई जेलमुक्त गरियो। पुनः उनीहरु निर्वाचनको प्रचार–प्रसारमा लागे। कांग्रेसले गरेको हरेक क्रान्तिमा उनी अग्रपंक्तिमै रहे।

तीन वटै निर्वाचनमा पराजय
२०१५ सालको निर्वाचनमा उप्रेती धादिङबाट उठेका थिए। तर, उनले भरतशमशेरसँग हारे। पछि पनि उनी दुई पटक निर्वाचन लडे। तर, जित्न सकेनन्। पार्टीले तीन पटक टिकट दिए पनि हार्नुमा आफ्नै कमजोरी देख्छन्, उप्रेती।

‘म दुई हजार, एक हजार, एक हजार पाँच सय मतले हार्दै गएँ। मसँग निर्वाचन लड्नेहरुले करोडौं खर्च गरे। मसँग खर्च गर्न पाँच÷सात लाख रुपैयाँ पनि हुन्थेन,’ उनी भन्छन्, ‘तीन पटक निर्वाचनमा उठ्दा पनि नजितेपछि मेरै कमजोरी मान्नुपर्छ।’

लामो समयदेख राजनीतिमा रहेका उप्रेतीको दैनिकी अहिले भने फेरिएको छ। उनी स्वस्थ त छन् तर राम्रोसँग हिँड्न सक्दैनन्। २०६४ सालमा उप्रेती दुर्घटनामा परे। केही वर्ष त अचेत जस्तै रहे। दुर्घटनामा हातखुट्टा भाँचियो। लामो उपचारपछि उनी विस्तारै लठ्ठीको सहारामा उभिएर पाइला चाल्न सक्ने भए।

उनी दुर्घटनामा परेपछि देशमा दुई पटक निर्वाचन भयो। दुई पटक नै चुनावको टिकट उप्रेतीकहाँ पुग्यो। तर, उनी निर्वाचनमा उठेनन्। बरु टिकट जसलाई दिनुपर्ने हो, उसैको नाम पठाइदिए। धादिङका दुई वटै क्षेत्रमा उनैले छानेका मान्छेलाई टिकट दिइयो।

‘नेताहरुले माया र विश्वास त गरेकै हो,’ उनी त्यो माया र कदर सम्झेर मुँसुस्क मुस्कुराए। 

जनतालाई प्रजातन्त्रको उपहार दिन बिपीको निर्देशन
कांग्रेसले दुई तिहाइ बहुमत पायो। बिपीलाई प्रधानमन्त्री हुन नदिन सुवर्णशमशेरलाई राजाले उचाले। झगडा पार्ने कोसिस पनि गरे। तर, उनीहरु विद्वान थिए, झगडा गरेनन्। सबैले बिपीलाई अगाडि सारेपछि राजा बिपीलाई नै प्रधानमन्त्री बनाउन बाध्य भए।

बिपी प्रधानमन्त्री बनेपछि कार्यकर्तालाई बिपीले गाउँमा गएर काम गर्न निर्देशन दिए। उप्रेती पनि त्यहीअनुसार काम गर्न जिल्लातर्फ लागे। जनतालाई तत्काल केही प्रजातन्त्रको उपहार त दिनु नै थियो। 

बाँधिएर बाँचेका जनतालाई फुकुवा गरेर स्वतन्त्रसँग बाँच्न दिनु थियो। त्यतिबेला धादिङमा बाधा–बैदिनीको समस्या बिकराल थियो। उप्रेती धादिङ गए र त्यहाँ बाधन–बैदिनी उन्मुलन गर्न लागिपरे। साहुले जनतालाई ऋणका नाममा तमसुकको सहनराले गरेको शोषण अन्त्य गर्न समेत उनीहरुले तमसुक च्यातिदिए। 

म बिपीको पाँचौं भाइ
उप्रेतीले सधैं बिपीको निकटमै रहेर काम गरे। अरुसँग चिनाउँदा बिपीले उप्रेतीलाई आफ्नो पाँचौं भाइ भनेर चिनाउँथे। तत्कालीन सरकारले धादिङमा उप्रेतीलाई बस्न दिएन। जिल्लाबाट निकाला गरिदियो। पछि उनले अहिले बसेकै घरमा टिनको छाप्रो बनाए। २०१७ सालपछि बिपी लामो समय जेलमा बसे।

त्यतिबेला बिपीलाई भेट्न जेल जानेको संख्या एकदमै कम थियो। त्यही कममध्येमा उनी पनि एक थिए।

बिपीलाई भेट्न जाने आँट र साहस सबैमा थिएन। पञ्चायतको दबदबा थियो। पछि बिपी जेलबाट छुटे। त्यस्तो बेला पनि उप्रेतीले बिपीलाई बानेश्वरको घरमा ल्याएर मिटिङ गराउँथे। कार्यक्रम नै आयोजना गर्थे। जतिसुकै अप्ठ्यारो परिस्थितिमा पनि उप्रेतीले बिपीको साथ छोडेनन्। पटक–पटक गरी उनी ६ वर्ष जति जेल बसे।

अञ्चलाधीशले त्यो थाहा पाएर उनलाई चेतावनी पनि दिए। तर, सह–अञ्चलाधीश कृष्णप्रसाद शाह उनका आफ्नै मान्छे थिए। त्यसले उनलाई जोगिन मद्दत पुर्‍यायो। 

चितवन र ठोरी कब्जा
उनी २०१७ सालपछि १० वर्ष निर्वासित भएर इन्डिया बसे। त्यहीँबाट चितवन, ठोरीलगायत स्थानमा कब्जा गरे। ठोरीलाई तीन पटक धादिङकै समूहले कब्जा ग¥यो। धादिङबाट उनको कमान्डमा ७० जना स्न्यापर्स र २ सय बढी राजनीतिक कार्यकर्ता थिए। उनको क्याम्प बिहारको नर्कटीयागञ्ज थियो। त्यतिबेला जगत प्रकाशजंग शाह धादिङको सभापति थिए। शाह चितवन कब्जा गर्दा त्यहीँ सहिद भए। सेनाले उनलाई गर्धन काटेर पुर्‍यो। त्यहाँ शाहसहित ६ जना स्न्यापर्स मारिए। लडाईं गर्न पार्टीले पहिले उप्रेतीलाई पठाइएको थियो। तर, सभापति शाहले नमानेर ‘म जान्छु’ भनेपछि उनी गए, त्यहीँ मारिए।

चितवन कब्जा गर्दा उप्रेतीको टोलीलाई साथ दिनेमा बखान सिंह र तनहुँका नेता गोवद्र्धध शर्माको समूह पनि थियो।

सरकारतर्फकाले लडाईंमा कांग्रेसका मान्छे समाते मारिदिन्थे। तर, कांग्रेसले कब्जा गरेका सेनालाई सम्झाउँदै घर जाने पैसा दिएर पठाउँथे उप्रेती। लडाईं जारी थियो, त्यतिबेला नै चीन र भारतबीच युद्ध सुरु भयो। बोर्डरमा सुरक्षा खतरा पनि भयो। भारतले नै लडाईं रोक्न भनेपछि रोकियो।

भारतीय नेताहरुको साथ–सहयोग
कांग्रेसको लडाईंमा भारतको साथ थियो। जवाहरलाल नेहरु सरकारका रक्षामन्त्री जगजीवन राम र बिहारका मुख्यमन्त्री कर्पुरी ठाकुर आफूहरुलाई भेट्न नर्कटीयागञ्जमै आइरहने उनी सम्झिन्छन्।

त्यहाँ अन्य भारतीय नेताहरु आएर के छ, कस्तो छ भनेर हालखबर बुझ्थे। धाप दिएर रक्षामन्त्री जगजीवन रामले, ‘सब ठिक होजाएगा, घबराइएगा नहीँ’ भन्दै आवश्वासन दिएको उप्रेतीलाई अहिले नै जस्तो लाग्छ। 

भारतले नचाहेको भए नेपालमा प्रजातन्त्र नआउने उनको तर्क छ। जुन स्थानमा कांग्रेसले क्याम्प चलाएको थियो, ती सबैमा रक्षामन्त्री राम र बिहारका मुख्य नेताहरु पुगेका थिए। 

घरमै आएर मन्त्रीको प्रस्ताव
३० वर्षसम्म उप्रेती आफ्नो जिल्लामा जान पाएनन्। आफ्नो योगदानबारे जनतालाई पनि बुझाउन सकेनन्।

उनी मारिएको खबर घरमा पुगिरहन्थ्यो। ०१७ सालको ‘कु’ पछि कांग्रेसमा हुँदा राम्रो सम्बन्ध भएका पञ्चायतका अध्यक्ष तुलसी गिरी, गृहमन्त्री विश्वबन्धु थापा र स्वास्थ्यमन्त्री डा नागेश्वरप्रसाद सिंह उनको घरमै पुगे, मन्त्रीको प्रस्ताव लगेर। त्यतिबेला उप्रेती भूमिगत थिए।

गिरीलगायतले उनका आमाबुबालाई भेटेर मन्त्री बनाउनेबारे कुरा गरेछन्। पछि वीरगञ्जका अञ्चलाधीश कृष्णमान श्रेष्ठ पनि मन्त्रीको प्रस्ताव लिएर उप्रेतीलाई भेट्न रक्सौल गए। तर, उनले मन्त्री पद अस्वीकार गरे। परिवारले पनि त्यसमा समर्थन जनाएन।

बिपीलाई दरबारको भोजमा बोलाएर इन्सल्ट
बिपी भर्खर जेलबाट निस्किएका थिए। उनलाई राजाले आयोजना गरेको भोजमा बोलाइयो। उनी सम्झिन्छन्, ‘सामान्य दौरा, सुरुवाल र कोट लगाएर बिपीबाबु त्यहाँ गएछन्। तर, उनलाई ड्रेस भएन भन्दै दरबारले इन्सल्ट गरेर फिर्ता पठाइदिएछ। त्यतिबेला बिपीले उनीहरुसँग भनेका थिए, ‘राजाको आयु छोट्टियो। अब म राजाको पक्षमा छैन।’

भिडियो:

प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६  १६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
क्यामेराबाट नेपाल चिनाउँदै भरतबन्धु थापा विश्व फोटोग्राफी दिवसका अवसरमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै थापाले आफ्नो फोटोग्राफी यात्रा, त्यसमा आएको परिवर्तन, व्यावसायिक स... बुधबार, भदौ ३, २०८३
कांग्रेस एकताको ‘शुत्रधार’ बन्न सक्छन् शशांक ? साँढे पाँच महिनाको विदेश बसाइपछि तत्कालीन सभापति शेर बहादुर देउवा स्वदेश फर्किदाको उत्साह सुकेधारामा आयोजना गरिएको ‘राष्ट्रिय सम्मेल... सोमबार, भदौ १, २०८३
रुझाउने पानीले रोकेन उपभोक्तालाई, ग्यासका लागि लामो लाइन [तस्बिरहरु] विरल वर्षाका बीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभोक्ताहरू झरीमा रुझ्दै ग्यासका लागि तँछाडमछाड गरिरहेका छन्। आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
कलंकीमा खुल्यो मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर, नायिका रेखा थापाले गरिन् उद्घाटन बुधबार, भदौ ३, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन जना निर्देशक नियुक्त बुधबार, भदौ ३, २०८३
कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री कार्यालयसहित सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न सरकारको निर्देशन बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ बुधबार, भदौ ३, २०८३
नेपाल सरकारका सचिवहरुको बैठकले के गर्यो निर्णय ? बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्